प्रयास गर्नेको, कहिल्यै हार हुँदैन
भाग्यमा हैन, कर्ममा विश्वास गरौं
किनभने, भाग्य त आफ्नै हातले बदल्न सकिन्छ
भगवानमा हैन, मानवतामा बाँच्न सिकौं
किनभने, मानवता सँधै सबैभन्दा माथि हुन्छ।
संयमता नगुमाउँनुहोस्, धैर्यता राख्नुहोस्
भोलि तपाईंको पनि दिन अबस्य आउँने छ
बस मेहनत गरेर लक्ष्यमा यसरी लम्कनुहोस्
समय आफै तपाईंको साथ लाग्न बाध्य बन्ने छ।
सबैलाई खुशी बाँडौं, प्रेमिल बन्न कोशिस गरौं
मायाले मात्रै यो दुनिया जीत्न सकिन्छ
सफल हैन, असल मान्छे बन्न कोशिस गरौं
असल मात्रै बने, सफल मान्छे आफै बनिन्छ।
फगत अनगिन्ति सपानाहरु मात्र देखेर
दुख नगरी, जीबनमा केहि प्राप्ति हुँदैन
सबैको लागि सफलताको सुत्र एउटै छ
प्रयास गर्नेको, कहिल्यै हार हुँदैन।
✍️Saphal Chamling
📍Copenhagen, Denmark
🗓️07/02/2024

Comments
Post a Comment