हामीले किरात राई सोसाईटी अफ पोर्चुगलको स्थापना गर्दा, म पनि सस्थापक प्रवक्ता भएर आफ्नो तर्फबाट सक्ने भूमिका निर्वाह गर्ने कोशिस गरे। जस्को मूल्यांकन तपाईहरुले गर्नुनै भएको होला। यधपी, म प्रवक्ताको जीम्वेवारीमा यथावत छु।
हाम्रो कार्कालमा सस्था कलिलै भएपनि, नदि छेकेर माछा मार्ने काम गरियो। जुन बिल्कुलै सजिलो भने थिएन। मैले ईङ्गित गर्न खोजेको भनेको, नेपालबाट राजेश पायल राईलाई झिकाएर Valentine Special With Rajesh Payal Rai कार्यक्रम गर्नुथियो। सबैको मेहनतले त्यो कार्यक्रम सोचेभन्दा सफल पनि भएको थियो। उक्त कार्यक्रमको लागि म आफैले ब्यानर, टिकट र परिचय कार्डको डिजाईनिङ गरेको थिए। त्यतिमात्र नभएर, मैलेनै बिभिन्न व्यापारिक एड्भरटिजमेण्टको भीडियोहरु पनि बनाएको थिए। आजको हाम्रो सस्थाको लोगोको डिजाईन पनि मैलेनै गरेको हो। त्यस्तै, सबै पोर्चुगलमा भएका राहरुबिच Keep In Touch गर्ने हेतुले, फेसबुक म्यासेञ्जर ग्रुपपनि मैलेनै क्रियट गरेको हो। त्यसै कार्यक्रममा मेरो जीबनकै पहिलोचोटि, त्यति ठुलो कार्यक्रमको होष्टिङ गर्ने अवसर पनि जुर्यो। खैर, जे होस्, त्यो कार्यक्रम हाम्रो किरात राई सोसाईटी अफ पोर्चुगलको लागि ऐतिहासिक थियो र रहिरहने छ।
हाम्रो सस्था पोर्चुगलमा सबैभन्दा कान्छो भएपनि, यसको प्रतिष्ठा र सम्मान भने सबैभन्दा जेठो छ। किनभने, हाम्रो सस्थामा कुनै राजनीतिको प्रसय छैन। त्यसैकारण, कुनै विवाद पनि छैन हामीमा। एकजना लिम्बुनी काकीले भन्नुहुन्थ्यो, राईहरुले कति राम्रो उभौली साकेला गर्छ है बर्षैपिच्छै। यसैलाई बर्करार राख्दै अगाडि बढ्नु छ, हामीले।
जीवन भनेको बगेको पानि जस्तै बग्नुपर्छ। नत्र, स्ट्यागनेन्ट हुन्छ, आहालको पानि जस्तै। जसरी नेपालको राजनीति अहिले बिग्रिरहेको छ। एकैजना ६,७ चोटिसम्म प्रधानमन्त्री हुने र आजिबन पार्टीको अध्यक्ष बन्ने। त्यसैले, मेरो भूमिकाको सान्दर्भिकता यहिसम्म मात्र थियो भन्ने मैले आफूलाई आंकलन गरेको छु। अबको पालो नयाँको र फ्रेस साथै ईनोभेटिभ आईडियाज भएकाहरुको हो। यहि आफ्नो मेरो मनको कुराहरु तपाईहरुमाझ राख्दै, म आजैबाट हाम्रो सस्थाको जीम्वेवारी अर्थात् प्रवत्ता पदवाट राजिनामा दिएको यहाँहरु सम्पूर्णमा जानकारी दिन चाहन्छु। कृपया, मेरो राजिनामालाई स्विकृत गरिदिनुहोला। म सस्थामा नरहेपनि, मेरो साथ, सहयोग र मैले सक्ने योगदान सदैव सस्थाप्रती रहिरहने छ। अन्त्यमा, यो पनि यहाँहरुसँग संकल्प गर्न चाहन्छु, म रहेसम्म राई हुनुको जीम्वेवारी, हाम्रो कम्युनिटिप्रति निभाई रहने छु। सुम्निमा र पारुहाङ्ग सबैको लागि सदैब दाहिने भैरहुन्, सबैमा भूईसोरी नमस्कार।
सफल चाम्लिङ्ग
saphalchamling@gmail.com
+4571612124
Comments
Post a Comment