यसो सोच्छु, पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ? चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ? त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला । अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ? विश्वविद्यालयको ना ममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ? चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याउने चेतना कसले दियो होला ? त्यही जग्गा मासेर अहिले धुर्मुस स्टेडियम बन्दै छ । वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला । राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ? ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ? अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ? औलो उन्...
Informative & reliable