पोर्चुगलमा बिभिन्न जातिय र गैर जातिय संघ सस्थाहरु भएको त हामिहरुलाइ सर्बबिदितै छ। यि संघ सस्थाहरु हुदहुदै पनि हामि किरात राइहरुको मात्रै आफ्नो छुट्टै सस्था नभएको अबस्था रहेको थियो। अब भने हामि किराति राइहरु पनि राज कुमार राइको नेत्रित्वमा किरात राई सोसाइटी अफ पोर्चुगलको नममा २३ सदस्यिय कार्यसमिति बनाएर संगठित भएका छौ। हाम्रो कार्यसमितिको बिधान अनुसाार पोर्चुगलमा रहनुभएका सम्पुर्ण राइहरु हाम्रो सस्थाको सदस्य रहने प्राबधान गरिएको छ।
हाम्रो कार्यसमितिको घोषणा भने लिस्बनमा रहेको एभरेस्ट रेस्टुरेन्टमा नारि समाज पोर्चुगलका अध्यक्ष साथै यहि समितिको संरक्षक समेत रहनुभएका कला राइको प्रमुख आतिथ्यमा भब्य कार्यक्रमको साथ सम्पन्न भएको थियो। उहालेनै कार्यसमितिमा रहनुभएका सम्पुर्ण पदाधिकारिहरुलाइ खादा सहित सम्मान गर्नुभएको थियो। उक्त कर्यक्रमको लागि पोर्चुगलमा राहेका कुनै पनि संघ सस्थाका प्रतिनिधिहरुलाइ निमन्त्रणा दिएको थिएन। कार्यक्रममा सल्लाहकारको तर्फबाट सन्तुकला राइ, संरक्षकको तर्फबाट कला राइ र राज राइ र कार्यसमितिको तर्फबाट नरेन्द्र राइ, रुमिहाङ राइ, श्रेया राइ, निर्मला राइ, दिपेश राइ, जेरुङ राइ र राज कुमार राइले आ आफ्नो भनाइहरु राख्नुभएको थियो। उहाहरुले शुभकामना सहित यस सस्था खोल्नुको औचित्य प्रस्ट्याउनुभएको भएको थियो। कार्यक्रम् भने यसै सस्थाका प्रबक्ता सफल चाम्लिङले संन्चालन गर्नुभएको थियो। सोहि कार्यक्रमको अन्त्यमा जेरुङ राइको नेत्रित्वमा किरात राइ सास्क्रितिक टोलि रहेतापनि गठन गरिएको छ। र यसले यहि आउन लागेको दशै र तिहारलाइ आबसर पारेर एक भब्य सास्क्रितिक कार्यक्रम गर्ने पनि टोलिका संयोजक जेरुङ राइले बताउनु भएको छ।
उक्त कार्यक्रममा गत बर्स निधन हुनुभएका पोर्चुगल बासि सम्पुर्ण किराति राइहरुका अभिभाबक श्री नर भुपाल राइको सम्झनामा दुइ मिनेट मौन धारण गरिएको थियो।
भने ओजस्वि राइ र श्रेया राइले आफ्नो सुमधुर स्वरमा कार्यक्रमको बिच बिचमा बिभिन्न गितहरु प्रस्तुत गर्नुभै कार्यक्रमलाइ थप मनोरन्जनात्मक बनाउनुभएको थियो।
बिगतमा सबै किरातिहरु किरात समाज पोर्चुगलको नममा संगठित रहेतापनि पछि लिम्बुहरु छुट्टिएर आफ्नो छुट्टै सस्था खोलेपछि राइहरु भने सस्था बिहिन अबस्थामा रहेका थिए। यस्तो अबस्थामा हामि किरातिहरुको चाड बिशेश गरि उधौलि र उभौलिका कार्यक्रमहरु गर्नलाइ कठिनाइहरु झेल्नु परिरहेको थियो। यधपि यि कार्यक्रमहरु भैनैरहेका थिए। अब भने यहि सस्थाको नेत्रित्वमा कार्यक्रमहरु आयोजना गरिनेछन। साथै पोर्चुगलमा भएका हामि राइहरुमा पर्ने भबितब्यहरुमा पनि यहि सस्था मार्फत सहयोग गरिनेछ।
हाम्रो सस्थाको साङ्गठनिक संरचना यस्तो रहेको छ।
अध्यक्ष: राज कुमार राइ
उप अध्यक्ष: दिपेश राइ, निर्मला राइ, सुबास राइ, सूर्य सुनुवार र दिपक राइ
महासचिब: रुमिहाङ राइ
सचिब: नरेन्द्र राइ, श्याम जेरुङ राइ
प्रबक्ता: सफल चाम्लिङ
कोसाध्यक्ष: श्रेया राइ
सह कोसाध्यक्ष: भबिन्द्र राइ
सदस्य: बिभेक राइ, क्रिश्ण राइ, दिब्यनि राइ, शान्ता राइ, सुनिल राइ, ओजस्बि राइ, बियाङ बिया किरात राइ, पाण्डब राइ, रोशन राइ, सन्देश राइ र सजना सुब्बा राइ
संरक्षक: बुना राइ, कला राइ, अरुण राइ, मनिन राइ र राज राइ
सल्लाहकार: लइन्द्र राइ, गणेश याखा, सन्तुकला राइ, यक्षप्रकाश राइ, सैलेन्द्र राइ र हेमन्त राइ
यस समितिमा रहनुभएका साम्पुर्णमा हार्दिक बधाइ तथा सफल कार्यकालको लागि शुभकामना।
Comments
Post a Comment