Skip to main content

Posts

मेरो प्रिय गाइबस्तुहरु

मलाइ माफ गर मेरा प्रिय गाइबस्तुहरु मैले तिमीहरुको आँशुलाइ चाहेर पनि पुछ्न सकिन। कहिले परिस्थिति त कहिले बाध्याताले अन्तिममा तिमिहरुको मनपर्ने खाना खुवाउदै तिमीहरुलाइ भारिमनले बिदा गर्नुपर्ने यदि तिमिहरुमा पनि हाम्रो जस्तै ज्ञान भैदिएको भए हाम्रो बिरूद्द लड्थ्यौ होला तिर्मो अजंगको शरिरको अगाडि हाम्रो केनैपो लाग्थ्यो होला र तर तिमीहरुलाइ त्यस्तै बनाईदियो त्यसैले तिमीहरु सधै हाम्रो स्वर्थ मुताबिक चल्नुपर्ने। खै कसरि बिर्सनु र ? मामलीबाट माया गरि दिएको सेति बाख्रा बेच्दा आमा रुनुभएको घरको गर्जो टार्न छिमेकि गाउमा हल गोरु बेच्दा घर सम्झि फर्केर आएको बाबाको उपचार गर्न ध्यानु गाइ बेच्दा बाटोमा आफ्नो बच्चालाइ सम्झि कराउदै गएको सम्झनाहरु पनि कति कति आफुले पालेको जिब जन्तुहरु पनि सबै परिवार जस्तो लाग्दो रहेछ छुट्टिन्दा सधै आशु झर्ने। हामी भनेको यो दुनियामा केहि दिनको पाहुना मात्र रहेछौ आज तिमीहरु कहा छौ म तिमीहरुको गोठाले कहा छु छ त केबल सम्झना छ अनि तिमीहरुको अगाध स्नेह छ तर म जहा भएपनि मेरो यो जिबन रहेसम्म तिमीहरुको अभाब महसुस गरिरहनेछु तिमीहरुको जिबन राम्रो चलोस मेरो सदैब यहि कामना तिमीहरु...

Popular Story Of Birbal & Akabar

In a popular story, emperor Akbar asks his courtiers about the punishment that should be meted out to the character who had dared pull his moustache. The imperial court immediately explodes into a fit of collective rage. Everyone agrees that the perpetrator should be given capital punishment of the harshest order. With a disarming smile, Birbal pleads that the offender be rewarded with a sweet, for nobody other than the emperor’s grandson would dare do such a thing.

मेरा हत्याराहरुलाइ म दलितको धन्यबाद

म प्रेममा सहिद भएको नबराज मानबता हराएको त्यो मुलुकमा मैले आत्मसमर्पण गरेको सन्देस पठाइरहेछु। हजुर म दलितनै थिए तिम्रो लुगा सिलाइदिने तिम्रो हरेक शुभ कार्यहरुमा मंगल धुनले साइत गरिदिने तिम्ले पुज्ने मन्दिरहरुलाइ तिम्रो कल्पनाका मुर्तिहरु कुदिदिने तिम्रो खेतबारिमा मेरो पसिना रोपेर तिम्रो खुशिहरु फलाइदिने आफु भोको पेट बसेर सधै तिम्रो भलाइ ठान्ने म त्यहि पानि नचल्ने मान्छे थिए। म कस्तो समाजमा जन्मेको थिएछु मेरो श्रम र सिप तिमीलाइ चल्ने तर मेरो जात तिमीलाइ नचल्ने मैले कसैलाइ मन पराउनु पनि तिम्रो आज्ञाको तोक लाग्नुपर्ने खै म कुन कोणबाट थिएर मानब सधै तिम्रो दायरामा बाचेको थिए। मैले तिम्रो दसगजालाइ नाघ्न खोज्दा तिम्रो क्रुरताको सिमा नाघ्यो मेरो बिभत्स हत्या गर्यो मसँगै मेरा साथिहरु मारिए तर यो पहिलो घटना थिएन म एक प्रतिनिधि पात्र मात्र हु हिजो पनि भएकानै थिए भोलीपनि अबस्य हुनेनै छन्। अरु देशमा कानुनसँग मान्छे डराउछ मेरो देशमा ठिक उल्टो छ त्यसैले म मेरो हत्यसँग खुशि छु किनभने म हरेक दिन मर्नुभन्दा सधैको लागि मर्नु मलाइ उचित लाग्यो मेरा हत्याराहरुलाइ...

रास्ट्रिय गीत

नेपाली हामी जहा बसेपनि देशलाइ दुख्दा हाम्रो मन रुन्छ। हाम्रो मातृभूमि सगरमाथाझै मुस्कुराए हामीलाइ शान्तिको अनुभुति हुन्छ। स्वर्गझै लाग्ने प्रकृतिको अनुपम छटा हिमालमा डाफे र मुनाल नाच्ने। यहि हो भगवान बुद्दको तपोभुमि बिश्वलाइ शान्तिको मार्ग देखाउने। बिभिन्न जातिको एउटै फुलबारी हो यो अनेकतामा एकताको सुत्रमा बाधिएको छ। इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश बिर गोर्खालीको बिरता संसारले गाएको छ। पुर्बमा हाम्रो पालाम र साकेला राम्रो पश्चिमम चुट्का र ख्यालीले मनै लोभ्याउने। बैरीको सामु खुकुरी हो सान हाम्रो ढाका टोपीले कहिल्यै झुक्न नदिने।

सबैले मनन गर्नुपर्ने कुरा

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ । दूधपान गरी सर्प खालि विष बहाउँछ ।

योग बिज्ञान र पुर्बिय दर्शन

नमस्ते यहहरु सबैलाई। आज मलाइ तपाइहरु समक्ष केहि कुरा गर्न मन लाग्यो। म एक अध्ययनशिल ब्यक्ति हो भन्ने मलाई लाग्छ। मेरो आफ्नै जिजिबिसाले गर्दा अहिले म मेरो जन्मभुमि भन्दा धेरै टाढा छु। तैपनि म बिभिन्न माध्यमबाट मेरो आफ्नो ब्यक्तिगत रुचिअनुसार पढिनै रहेको छु। अहिले बिश्व जगतमा कोरनाको कहर छ। यतिबेला सबैको दिमाग सन्तुलनमा छैन। मैले भने यो अबधिलाइ सदुपयोग गर्दै धेरै कुराहरु पढ्ने र बुझ्ने अबसर गरे। बिशेस गरेर पुर्बिय दर्शन, अध्यात्म र योगाको बरेमा बुझ ्ने मौका मिल्यो। यसले जिबनलाइ अलिक नजिकबाट बुझ्नलाइ मद्दत गर्यो। मैले बिशेस गरि पन्चतत्व, पन्च ज्ञानेन्द्रिय, सात चक्र र सात सुरको बारेमा सारंसमा बुझे। त्यसैगरि मैले योगा, प्रणायम र ध्यानले हाम्रो जिबनमा पार्ने महत्वपुर्ण पक्षहरुको बारेमा पनि जाने। यति धेरै कुराहरु जानेपछि मलाइ थाहा भयो, हाम्रो पुर्बिय दर्शन त अहिलेको आधुनिक बिज्ञान भन्दा धेरै अघि रहेछ। अहिलेको आधुनिक बिज्ञानले भन्न नसकेको कुराहरु यसले पहिलेनै भनिसकेको रहेछ। त्यसैले तपाइहरु पनि जिबनलाइ नजिकबाट बुझ्न चाहानुहुन्छ भने, यि कुराहरुलाइ अध्ययन गर्नुहोला। हाम्...

हाम्रो आदर्श हाम्रो बाबा

आफु भोकै बसेर छोराछोरिको पेट भर्ने आफु नाङ्गै बसेर छोराछोरिको आङ भर्ने छोराछोरिको खुशिमा आफ्नो सफलता ठान्ने संघर्सको अर्को नाम हो हाम्रो प्यारो बाबा। हामी सानो छदा महि पार्दै दुनाइ सिकाउथ्यौ घरको काम सबै आफै गरी हामिलाइ पढ्न पठाउथ्यौ हामीले राम्रो काम गरे खुशि हुदै इनाम दिन्थेयौ आफू धेरै नपढे पनि सधै पढ्नलाइ प्रेरित गार्थ्यौ तिमीलाइ कसरि सम्झौ बाबा तिमि सांच्चिकै अपरम्पार थियौ। ` हामी बुझ्दैनथ्यौ बाबा त्योबेला तिम्रो दुखलाइ तिमीले भनेको सुन्थ्यौ एकपाखे हुनु धेरै गाह्रो छ भनेर त्यसैले होला कहिले तिमी आमाको फोटो हेर्दै रुन्थ्यौ कहिले छोराछोरिलाई दुख भो भनेर पेटिमा बसेर प्रायश्चित गर्थ्यौ कहिले अब त छोरछोरि हुर्किसके भन्दै दुख लुकाउन पाए हुन्थ्यो भन्थ्यौ सायद तिमिलाइ पनि लाग्थ्यो होला तिम्रो दुख बाड्ने कोहि भैदिए। अझै ताजै छ बाबा तिमि ननिधाएका ती रातहरु तिमीले घर छाड्दाका ती बाटाहरु सुन्थ्यौ बिरानो ठाउँमा तिम्रो गोजी खाली हुदा कतिदिन भोकै पनि बस्यौ रे हिउदको कठाङ्ग्रिदो चिसोमा बाहिरै रातहरु पनि कटायौ रे तिमी जस्तो स्वाभिमानी मान्छेले अर्काको गालि ...