मलाइ माफ गर मेरा प्रिय गाइबस्तुहरु मैले तिमीहरुको आँशुलाइ चाहेर पनि पुछ्न सकिन। कहिले परिस्थिति त कहिले बाध्याताले अन्तिममा तिमिहरुको मनपर्ने खाना खुवाउदै तिमीहरुलाइ भारिमनले बिदा गर्नुपर्ने यदि तिमिहरुमा पनि हाम्रो जस्तै ज्ञान भैदिएको भए हाम्रो बिरूद्द लड्थ्यौ होला तिर्मो अजंगको शरिरको अगाडि हाम्रो केनैपो लाग्थ्यो होला र तर तिमीहरुलाइ त्यस्तै बनाईदियो त्यसैले तिमीहरु सधै हाम्रो स्वर्थ मुताबिक चल्नुपर्ने। खै कसरि बिर्सनु र ? मामलीबाट माया गरि दिएको सेति बाख्रा बेच्दा आमा रुनुभएको घरको गर्जो टार्न छिमेकि गाउमा हल गोरु बेच्दा घर सम्झि फर्केर आएको बाबाको उपचार गर्न ध्यानु गाइ बेच्दा बाटोमा आफ्नो बच्चालाइ सम्झि कराउदै गएको सम्झनाहरु पनि कति कति आफुले पालेको जिब जन्तुहरु पनि सबै परिवार जस्तो लाग्दो रहेछ छुट्टिन्दा सधै आशु झर्ने। हामी भनेको यो दुनियामा केहि दिनको पाहुना मात्र रहेछौ आज तिमीहरु कहा छौ म तिमीहरुको गोठाले कहा छु छ त केबल सम्झना छ अनि तिमीहरुको अगाध स्नेह छ तर म जहा भएपनि मेरो यो जिबन रहेसम्म तिमीहरुको अभाब महसुस गरिरहनेछु तिमीहरुको जिबन राम्रो चलोस मेरो सदैब यहि कामना तिमीहरु...
Informative & reliable