Skip to main content

When I Remember My Father

Laxmi Prasad Rai

सपना ठुलो थिएन। म कक्षा ४ कक्षातिर पढ्दा शिक्षक बन्ने रहर थियो। त्यो रहर पनि मेरो खन्तरे अंकलको बरेमा सुनेर मेरो कलिलो मस्तिस्कमा आएको थियो। म जन्मिएको गाउँ एकदमै बिकट भएपनि मेरो बाजेले सबै छोराहरुलाइ पढाउनु भएको थियो। मेरो बाजे आफै पनि गाउको मुखिया हुनुहुन्थ्यो र सबैको लेखापढिको कामहरुहरु गर्नुहुन्थ्यो। छोराहरुमध्येमा सबैभन्दा धेरै र राम्रो पढ्नेमा मेरो खन्तरे अंकल र साइला बडाउ हुनुहुन्छ। तर म चाहि खन्तरे अंकलबाट प्रेरित थिए किनभने उहा चाहि त्यो बेलाको जमनामानै B.Sc गर्नुभको थियो। त्यसैले म पनि सोच्थें म पनि एकदिन धरानको हत्तिसार कलेजमा गएर scinence पढ्छु र भबिस्यमा साईन्स बिसयको टिचर बन्छु।हुनत मेरो यो सपना देख्ने आधार पनि थियो किनभने म सधै class मा फर्स्ट हुन्थे भने कहिले काहि school first पनि हुन्थे। नभन्दै मेरो सपना पनि साकार भयो। म S.L.C पछि Hattisar College मा entrance exam दिएर नाम पनि निकाले। 

तर जब मैले Hattisar College बाट I.sc. पास गरे मेरो सपना पनि चेन्ज भयो। मेरो Hattisar College मा पढ्दा खेरिको एकदमै मिल्ने साथि सक्थियो हेपेन्द्र राइ। उ सधै British army भिड्ने कुरा सुनाइरहन्थ्यो र मलाइ पनि भिड्नुपर्छ भनेर जोस्याइरहन्थ्यो। म भने खेलकुदमा त्याति चासो दिदिन थिए किनभने म पधाइमानै बढि focus गर्दै आएको थिए। हुनत मेरो दाइ पनि British army हुनुहुन्थ्यो तर दाइले कहिल्यै भर्ति भिड भन्नुभएन। बिस्तारै म पनि धरान शहरको माहोल अनि साथिको संगतले त्यतैतिर ढल्किन्दै गए र British army बन्ने decision गरे। नभन्दै दोश्रो try मानै पोखरा परे। पखरामा पनि सबै tests पास गरे तर result को दिन मेरो नाम आएन। फेरि अर्को चोटिनि try गरे त्यसरिनै फालिए। 

जब म पहिलो चोटि भर्ति हुनलाइ पोखरा थिए घरमा भने प्रत्येक दिन मेरो आपाले मेरो कोठामा भर्ति लागोस भनेर पुजा गर्नुभको भन्ने कुरा पोखराबाट फर्केपछि थाहा पाए। सुनेर मेरो मन धेरै दिनसम्म दुखिरह्यो। जब म स्कुलमा फर्स्ट हुन्थे मेरो आपा सबैभन्दा खुशि हुनुहुन्थ्यो। त्यो चोटि पनि त्यसरिनै खुशि बनाउने रहर थियो मेरो तर मेरो भएभरको प्रयासले पनि सफल हुन सकिन। मेरो आपाको कुरा गर्नुपर्दा उहा मेरो बाजेको ८ भाइ छोराहरु मध्येको जन्तरे छोरो र सबैभन्दा कम पध्नुभको पनि। उहालाइ थोरै पढेकोमा धेरै पश्चताप पनि थियो। त्यहि भएर हामि छोराछोरिहरुलाइ धेरै पढ्न भन्नुहुन्थ्यो। हुनत मेरो आपाको जिबन पनि त्यति सजिलो थिएन किनभने हामिहरु सानो छदानै आमा खस्नुभयो। आमा बित्नुभएपछि उहालेनै हामिलाइ सम्हाल्नुभयो। अझै झलझलि याद आउछ मेरो आपा खैनि खानुहुन्थ्यो सुर्ति खानु छोडेपछि। मेरो आपासग पनि खशै पैसा हुन्थेन। फेरि घरमा खर्च गर्नुपर्ने म मात्रै पनि थिईन। दाइ दिदि र भाइहरु पनि थिए। तर पनि मेरो आपाले जब म मलाइ स्कुलमा चाहिने सामाग्रिहरु किन्नको लागि पैसा माग्थे उहाले आफुलाइ खैनि खाने पैसा नराखि मलाइ पैसा दिनुहुन्थ्यो र छैन भनेर पनि कहिल्यै टार्नु भएन। 

मैले भने आफ्नो सानो छदा बोकेको रहर भने काठमाडौँ र धरानको बिभिन्न्न schools र institutes मा पढाएर पुरा गरे। मलाइ शिक्षक राखेपछि तिनजनाको काम म एक्लैले गरिदिन्थे किनभने म English, math र science तीनटै subjects पढाइदिन्थे। जुनकुरा मेरो आपाले पनि देख्नुभयो। तर मेरो लाहुरे बन्ने सपना भने मैले युरोप छिरेर पुरा गरे तर अपसोच मेरो बाबाले देख्नु पाउनुभएन किनभने उहा पनि म युरोप आउनुभन्दा एक बर्स अगाडि बित्नुभयो। सायद उहा अहिले हुनुहुन्थ्यो भने म भर्ति लागेको जतिकै गरेर खुशि हुनुहुन्थ्यो होला अहिले। पछि मेरो कान्छा भाइ पनि British army मा भर्ति लाग्यो। जुनबेला हामिहरुले आपालाइ धेरै मीस गरेउ। जुन कुरा आपाले अर्को खुशिको रुपमा देख्न पाउनु भएन। उहाले एउटा खुशिमात्र देख्न पाउनुभयो। त्यो थियो दाइ लाहुरे भएको। उहा सानो छदा देखिनै दाइलाइ British army बनाउने रहर गर्नुहुन्थ्यो जुन कालान्तरमा पुरा पनि भयो। तर हामिहरु जहा जहा छौ अहिले उहालेनै देखाउनुभएको बाटोको कारणले छौ। हाम्रो आपा आमा हाम्रो साथ अहिले भैदिनुभएको भए हामिमाथि धेरै गर्ब गर्नुहुन्थ्यो होला। तर पनि उहाहरु जहा हुनुहुन्छ खुशि हुनुहुन्छ भन्नेमा हामि निश्चिन्त छौ। 

म भने यहा मेरो जन्म भुमिको बिपरित प्रिथ्बिको अर्को गोलार्धमा भएपनि सपनामा त्यहि मेरो गाउमा हुन्छु।कहिले मेरो ध्यानु, झिल्कु, रुपांगे अनि साखे गाइगोरुहरु गुर्बाछानमा चराएर घर ल्याउदै गरेको हुन्छु त कहिले सिमखेतको गाग्रोमा हालि डोकोमा घर ल्याउदै गरेको हुन्छु भने कहिले सावा खोलाको चिसो पानि अन्जुलि भरि उघाएर पिइरहेको हुन्छु। । त्यो समयमा मेरो गाइबस्तुहरुसग बिशेस सामिप्यता थियो। म तिनिहरुलाइ धेरैनै माया गर्थे जसरि म मेरो परिवारलाइ गर्थे। म घरको प्रत्येक जनवारहरु बेच्दा रोएको छु। कहिले स्कुल जादा बाख्राको पाठाहरुले माथिसम्म पछ्याउथ्यो भने कहिले गोठालो जादा सुंगुरले परसम्म पछ्याउथो। एकचोटि त म रोएको देखेर मेरो बाजेले हामिबाट किन्नुभएको गोरुनै फिर्ता गर्नुभएको मिठो सम्झना पनि अझै ताजा छ। म सपनामा तिनिहरुसगनै हुनेगर्छु अनि बिपनामा तिनिहरु के गर्दै होलान भनेर घोत्लिन्छु। जे थियो गाउमानै जिबन जिबन थियो। गाउ छोडेपछिका दिनहरु सबै फिका फिका छन तर जिबन भने चलाउनुनै पर्ने रहेछ चाहे हासेर होस या रोएर। 

मैले केहिदिन पहिले मेरो आपा र मामालाइ सम्झेर एउटा गीत तयार गरेको छु। जुन गीतले मेरो आमा र आपाले हामि प्रति गर्नुभएको सबै कुरालाइ समेट्छ् त भन्न सक्दिन तर मलाइ आफैले लेखेको गीत भने चित्त बुझेको छ। मैले आमा र आपालाइ बर्णन गरेर अरु गीत पनि लेख्ने कोशिश गरेको छु तर यो गीतमा जस्तो सन्तुस्टी भएन अरु गीटबाट। अब भबिस्यमा यो गीत राम्रो संगितकारलाइ दिएर अनि राम्रो गाएकलाइ गाउन लगाएर मेरो जन्मभुमिमानै गएर म्युजिक भिडियो बनाउनेछु। 

गीत भने यस्तो छ

शब्दहरु छैनन् मसँग
बर्णन गर्न मेरो बबा र आमालाइ 
बाचुन्जेलसम्म दस नङ्ग्रा खियाउनुभयो 
हामिलाइ हुर्काउनलाइ

म बिहान घास काट्न जाने बेलामा 
आमा गोठमा दुध दुहुदै गरेकि हुन्थिन 
फुर्सद थिएन उहाको आराम गर्नलाइ 
त्यहि गोठको जनवारहरुसँग बात मार्थिन

कहा बिर्सन सक्छु र बाबा 
महि पार्दै हजुरले दुनाइ पढाउनुभको 
घरको दुखहरुलाइ एक्लै सम्हालि 
पढ्नलाइ स्कुल पठाउनुभको

आज हामिहरु जहा छौ 
हजुरहरुकै देन हो
हामिहरुले पाएका सबै कुराहरु
हजुरहरुकै आशिर्बाद हो  

Comments

Popular posts from this blog

French Foreign Legion IQ Questions With Solutions

 

French Foreign Legion Common Interview Questions With Appropriate Answers

  If you won’t become the French Foreign Legionnaire, what would you do? I am here to be the French Legionnaire & I haven’t thought anything about it. I have given my bones & flesh for it. So, my main focus is still to be the Legionnaire. If I don’t succeed in the Legionnaire, I’ll think about it at that very moment because I haven’t made any other option besides it. I think I’ll try to be the real life champion for sure because when the going gets tough the tough gets going.

Sample Reappearing Request Letter To The French Foreign Legion

 Quartier Vienot, 2 Route départementale, B.P. 11 354, 13 784 AUBAGNE, France 22 April 2025 Dear sir, My name is Ashish Ghimire. When I was in the French Foreign Legion camp, my name was changed to Gogal Bishal. I entered into the French Foreign Legion Paris camp on 6th April. On 10th April, we were taken including me from Paris to AUBAGNE. On 17th April, my decision has been made & I wasn’t selected.  I am very keen on being the French Legionnaire & I tried for it very hard as well. I thought I performed well as well while I was in the legionnaire camp. Even if I gave my bones & flesh, I could not be the French legionnaire. I lost my mind for couple of days & I came up with the idea of requesting for second chance. So, I am wholeheartedly requesting for the second chance. I’ll improve everything & reshaping myself I’ll come to be the legionnaire again. That’s my promise. Please, do consider to pursue my dream to be the French foreign legionnaire.  Tha...