आज आमाको मुख हेर्ने पुण्य दिनमा मेरो भगवानहरुलाइ सम्झन चाहान्छु।
सबैको जन्मस्थान खाल्डे, यासोक पाचथर
कोपा: कुल बहादुर राइ (मुखिया-गाउमा समाजले दिएको सम्मान)
कोकु: रुपलक्षि राइ (मुखेनि-गाउमा समाजले दिएको सम्मान)
मावलि कोपा: रत्न राइ (कर्मि घर साइला)
मावलि कोकु: नाम थाहा भएन किनभने उहा म सानो छदानै खस्नुभयो। उहानै मेरो आमाको आमा हुनुहुन्थ्यो। (अहिले कान्छि कोकु हुनुहुन्छ।)
आपा: लक्ष्मि प्रसाद राइ (मुखिया जन्तरे)
जन्म: २०१३
आमा: जगमाया राइ (कर्मि घर साइलाको एकमात्र छोरि प्रकुमा)
जन्म: २०१४
अनि सानो हुदाको म।
आमाको मुख हेर्ने दिनमा कोपा, कोकु, आपा र आमा सबैले छोडेर जानुभएनि, धेरै धेरै सम्झिरहेको छु। तपाइहरुले देखाउनु भएको बाटोलाइनै पछ्याइरहेको छु। तपैहरुको छोरा अनि नाति हुन पाएकोमा धेरै गर्ब गर्छु। भगवानसग यहि पार्थना गर्छुकि यदि अर्को जन्म हुन्छ भने जति पटक भएपनि तपैहरुकै छोरा अनि नाति भएर जन्मन पाउ।
आमा आपा हजुरहरुले तपाइहरुको सेवा गर्ने मौका नदीकन जानुभयो। हामि छोरा छोरिहरुलाइ हुर्काउन बढाउन कति देख र संघर्स गर्नुपर्यो होला तपाइहरुले। अझै त्यो क्षण ताजै छ जुन बेला आपा बाहिर पेटीमा ढोका नजिकै बसेर मैले मेरो छोरा छोरिहरुलाइ भने जस्तो खान लगाउन दिन सकिन होला भन्दै रुनुभको। यधपि त्यो गाउमा हामिहरु हुने खानेमानै दर्जिन्थेउ। सायद मेरो आपालाइ पनि लाग्थ्यो होला सहरमा लगेर् आफ्नो छोरा छोरिहरुलाइ राम्रो शिक्षा दिक्षा दिउ। एकदिन मलाइ पनि त्यस्तै भको थियो जुन दिन म स्कुलबाट सदरमुकाम फिदिम निबन्ध प्रतियोगितामा भाग लिन गको थिएत्यो दिन मलाइ लागेको थियो आएम नोथिङ् किनकि त्याहा मैले देखे बोर्डीङ स्कुलका बिधार्थिहरु चिटिक्क ड्रेसमा ब्याग बोकेर हीडेको। त्यो बेलामा मेरो कलिलो मन धेरै दुखेको थियो। सायद मेरो आपालाइनि त्यस्तै भएको हुनुपर्छ। तर अहिले हामिसग सबैथोक छ। हामि छोरछोरिहरु पनि ठाउ ठाउमा छौ। तर हामिसग उहाहरु हुनुहुन्न।तर हामिहरुले जे जति गरिरहेको छौ, तपाइहरुको आत्मालाइनै खुशि बनाउन गरिरहेको छौ र गरिरहने छौ।
आज आमाको मुख हेर्ने पुण्य दिन मात्र हैन प्रत्येक दिन हजुरहरु सबैलाइ धेरै सम्झिरहेको हुन्छु र सम्झिरहनेछु मेरो अन्तिम सास रहुन्जेलसम्म। हजुरहरु सबैमा म तपाइहरुको छोरा या नातिको तर्फबाट सेवाढोग छ। तपाइहरु जहा हुनुभएनि हाम्रो पिर नमानि खुशि रहनुहोला।
Comments
Post a Comment