हरेक बर्स मनाइन्दै आएको किरातिहरुको महान चाड उभौलि साकेला यो बर्स पनि जुन २ तारिखको दिन बेला भिस्ता पार्कमा भब्यताको साथ मनाउने तयारि युद्द स्तरमा भैरहेको जानकारी सम्पुर्ण पोर्चुगलबासि किरातिहरुमा जानकारी गराइन्छ। किरात समाज पोर्चुगलको स्थापना सन २०१० मा भएसंगै हरेक बर्स उभौलि साकेला पर्ब मनाउने गरिएको छ।
गत बर्स भने किरात समज पोर्चुगलको स्थापना काल देखिनै संरक्षकको भुमिका निर्बाहा गरिरहनु भएका आदर्निय नरभुपाल राइको दुखद निधन भएको काराणले कूनै पनि हर्सोउल्लासको कार्यक्रम नगर्ने भनि किरात समाज पोर्चुगलले निर्णय गर्यो। त्यसैले एक साल चाहि उभौलि साकेला मनाइएन। स्मरण रहोस उहा सो समयमा जनजाति महासंघ पोर्चुगलको अध्यक्ष र उक्त समयका ससफो फोरम पोर्चुगलको महासचिबको कार्यभार पनि बहन गरिरहनुभएको थियो।
पहिलेको बर्सहरुमा किरात समाज पोर्चुगल नाममा मात्र सिमित रहदै आइरहेको थियो। यहि नमको पगरिमा हरेक बर्स उभौलि साकेलाको आयोजना गरिन्दै आएको थियो। यो बर्स भने कार्यक्रमको आयोजना सँगै सोहि दिन किरात समाज पोर्चुगलको कार्यसमिति समेत पनि बनाउने आन्तरिक छलफल भैरहेको छ। बढ्दो पोर्चुगलको आकर्सण संगै पोर्चुगलमा दिनानुदिन नेपालिहरुको संख्यामा ब्रिदि भैरहेको छ। नेपालिहरुको संख्यामा ब्रिद्दिसंगै किरातिहरुको संख्यामा पनि ब्रिद्दि भैरहेको छ। पोर्चुगलमा किरातिहरुको संख्या यतिनै छ भनेर कसैसग तथ्याङ्क नभएयतापनि लगभग ३०० को हराहारीमा हुनसक्ने कुरामा भने कसैको दुइमत छैन।
किरातिहरु नेपालको आदिबासि जनजातिहरुमा शिक्षित जातिमा दर्जिदै आएपनि यहा भने सबै जातिहरुको आ आफ्नो सस्था र कार्यसमितिहरु भएपनि हाम्रो चाहि नभएको बिडम्बना रहदै आएको छ। भने यो साल चाहि पोर्चुगलकै नमुना सस्था र कार्यसमिति बनाउने ब्यापक रुपमा आन्तरिक छलफलहरु भैरहेको छ। अब बन्ने किरात समाज पोर्चुगलको कार्यसमितिले आगामि दिनहरुको बारेमा कार्ययोजनाहरु बनाउनेछन। यसैको नेत्रित्वमा भबिस्यमा किरातिहरुमा आइपर्ने भबितब्यहरुमा सारथि भएर आफ्नो कार्य बहन गर्नेछ। भने हामिहरु पोर्चुगल भित्र जतिपनि किरातिहरु छौ किरात समाज पोर्चुगलको छातामुनि रहनेछौ कार्य समिति बनेपछि। यदि तपाइलाइ पनि अब बन्न गैरहेको गौरबशालि कार्यसमितिमा बसेर किरातिहरुलाइ थप मर्यादित र मजबुत बनाउने भिजन र इच्छा छ भने यो हामि सबैको कार्यसमितिमा स्वागत छ। तपाइहरुको आफ्नो इच्छा किरात समाज पोर्चुगलको फेसबुक म्यासेन्जर ग्रुपमा राख्नुहोला।
छतिमा हात राखेर भन्नुपर्दा हामि किराति हुनुमा धेरै गर्ब गर्नुपर्छ। हाम्रो आफ्नै इतिहास, धर्म, सस्क्रिति, भासा र भुसा छ। बिगतको इथिहासलाइ पल्टाएर हेर्ने हो भने किरातिहरुले जति लामो सासन कुनै कालमा पनि भएन। हाम्रो किरातिका ३१ वटा राजाहरुले काठमान्डैमा सासन गरेका थिए। किरातिहरुका पहिलो राजा यलम्बर थिए भने अन्तिम राजा गस्तिहाङ थिए।
यस्तो गर्बिलो इतिहास बोकेको हामि किरातिहरुलाइ अहिले हाम्रो भासा, भुसा, सस्क्रिति धर्म र इतिहासलाइ बचाइराख्नुपर्ने चुनौति आइपरेको छ। किनभने हाम्रो यि सबै कुराहरुमा अतिक्रमण भैरहेको छ। यो कुरा हामि सबैले समयमानै बुझ्न अतिआवश्यक छ। त्यसैले हामिहरु अबसरहरुको खोजिमा बिरानो मुलुकमा भएपनि हामि किराति भएको कुरा कहिल्यै नबिर्सौ। र जुन २ तारिख आइतबार बेला भिस्ता पार्कमा गएर उभौलि साकेला भब्यताकासाथ मनाऔ। सबैमा चुलो निम्तो छ है।
Comments
Post a Comment