Skip to main content

मनीषा कोइरालाको प्रेरणादायीक कथा


एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो। 

जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि।

साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्।
म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ।

ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती आकर्षक र सुन्दर पलहरू म विस्तारै–विस्तारै गुमाउन थाल्नेछु। 

यसको सुरुआत पनि अत्यन्तै आकस्मिक र थाहै नपाउने गरी भयो। मैले केही नराम्रा फिल्महरूमा काम गरेँ। ती फिल्म फ्लप भए। मेरो कामको आलोचना भयो। त्यसपछि फेरि अर्को गल्ती भयो। फेरि अर्को। फेरि अर्को। एकपछि अर्को गल्ती थपिँदै गए। तर, मैले वास्ता गरिनँ। किनकि, त्यो खराब समयमा पनि केही राम्रा निर्देशकहरू थिए, जो मसँग काम गर्न चाहन्थे। त्यसैले म सोच्थेँ, म कुनै पनि बेला सफलतालाई फेरि पछ्याउन सक्छु। 

तर, त्यो कहिल्यै भएन।

ती दिनहरूमा मेरो जीवनशैली अस्वस्थ हुँदै गयो। अस्वस्थ जीवनशैलीले मलाई खराब संगततर्फ तान्दै लग्यो। म एउटा खराब सम्बन्धबाट अर्को सम्बन्धतर्फ हुत्तिँदै गएँ। मेरो जिन्दगी झन् झन् अव्यवस्थित हुन थाल्यो। म सम्बन्धहरूबाट अस्वीकृत हुँदै गएँ। त्यही बेला जब मेरो वैवाहिक सम्बन्ध पनि असफल भयो, मलाई आफू सिधै जमिनमा उधोमुन्टो पछारिएको अनुभूति भयो। 

जिन्दगीको परीक्षा यतिमै टुंगिएन।

वैवाहिक सम्बन्ध टुटेको केही समयमै मलाई क्यान्सर भयो। त्यो क्यान्सर आफैंमा भयानक खालको थियो। क्यान्सर उपचार र किमोथेरापीका क्रममा म झन् दर्दनाक समयबाट गुज्रिएँ। मेरो कपाल खुइलिँदै गयो। मेरा आँखीभौंहरू झरे। हातगोडा कमजोर भए। बलिउडको त्यो ग्ल्यामरस ‘डिभा’ बाट म अचानक सिकिस्त, दुर्बल र कमजोर क्यान्सर बिरामीमा परिणत भएँ। 

मेरो निम्ति सुन्दरता गुम्नु मात्र ठूलो कुरा थिएन। त्योभन्दा दर्दनाक त मैले यस्तो मञ्जुरीनामामा हस्ताक्षर गरेकी थिएँ, जसले मेरो आत्मा काम्यो। मैले मेरो मुटु सधैंका लागि खराब हुन सक्छ भनेर स्वीकारेकी थिएँ। मेरो सुन्ने शक्ति सधैंका लागि गुम्न सक्छ र मेरा हातका औंलाहरू जिन्दगीभरि थरथर काम्न सक्छन् भन्ने जान्दाजान्दै त्यसमा मञ्जुरीको मोहर लगाएकी थिएँ। 

हो, त्यो बेला मेरो अन्तरआत्मा भित्रैदेखि कामेको थियो। म साँच्चिकै निकै डराएकी थिएँ। कतै यी पलहरू मेरो जिन्दगीकै आखिरी पल त होइनन् भन्ने चिन्ताले म भित्रैबाट गलेकी थिएँ। म सोच्दै थिएँ, कतै म त्यो अविश्वसनीय र अकल्पनीय मृत्युको नजिक त पुगिरहेकी छैन!

त्यसपछि मैले सोच्न थालेँ, यो मेरो जिन्दगीको अन्त्य हो भने मैले अहिलेसम्म कस्तो जिन्दगी बिताएँ? के मैले जिन्दगीको भरपुर आनन्द उठाएँ? के मैले आफ्नो जिन्दगीमा गौरव अनभूति हुने कुनै काम गरेँ?

अहँ, गरिनँ।

मैले त आफ्नै जिन्दगीसँग खेलवाड गरेँ। स्वास्थ्यसँग खेलवाड गरेँ। आफ्नो करिअरसँग खेलवाड गरेँ। ती सबै मान्छेको भावनासँग खेलवाड गरेँ, जो मलाई साँच्चिकै माया गर्थे, जो मेरो ख्याल राख्थे।

साथीहरू, साढे चार वर्ष भयो, म आज क्यान्सरमुक्त छु। ईश्वरले ममाथि ठूलो उदारता देखाएको छ। जिन्दगीले ममाथि ठूलो उदारता देखाएको छ। यसबीच त्यस्तो कुनै समय छैन, जब मैले आफैंसँग गरेको बाचा बिर्सेको होस्। त्यो बाचा, जुन मैले मृत्युसँग जुधिरहेका बेला गरेकी थिएँ।

मैले अब जिन्दगीका तीन प्राथमिकता तय गरेकी छु, जसलाई म उपहार भन्न चाहन्छु। 

यो प्राथमिकतामा सबभन्दा पहिला आउँछ, मेरो स्वास्थ्य। जब म क्यान्सरसँग जुधिरहेकी थिएँ, त्यतिबेला मैले आफ्नो स्वास्थ्यको महत्व बुझेँ। म अहिले स्वास्थ्यको सम्भार गर्दैछु। आफ्नो ख्याल राख्दैछु। म पढ्छु, खोजिनीति गर्छु, ती सबै काम गर्छु, जुन मेरो स्वस्थ जीवनका लागि अपरिहार्य छ।

दोस्रोमा आउँछ, मेरो परिवारसँगको सम्बन्ध। अहिले यो सम्बन्ध विश्वास, प्रेम र सम्मानले भरिपूर्ण छ। आखिर खराब समयमा सुरुदेखि अन्त्यसम्म मसँगै रहने, मलाई साथ दिने मेरो परिवार नै त थियो। मेरा साथीहरू पनि यो सूचीमा आउँछन्। कुनै समय यस्तो थियो, जब मेरा अनगिन्ती साथीहरू थिए। आज एकदमै थोरै छन्। तर, जति छन्, ती सबैसँग मेरो गहिरो र अर्थपूर्ण सम्बन्ध छ। म उनीहरूसँग आफ्नो सम्पूर्ण भावना साट्न सक्छु। उनीहरूसँग गहिरो सम्बन्धको अनभूति गर्न सक्छु।

  र, तेस्रोमा आउँछ मेरो काम। म अन्तरआत्मादेखि नै एउटा कलाकार हुँ। कलाकारका रूपमा म आफ्नो क्षमता अझ निखार्ने चुनौती मोल्न चाहन्छु। म आफ्नो कामबाट सन्तुष्ट हुन चाहन्छु। त्यसैले, अचेल होसियारीपूर्वक फिल्म छनौट गर्दैछु। पहिलेजस्तो जथाभाबी जे मन लाग्यो त्यो काम गर्दिनँ। 

मैले यो अवधिमा जिन्दगीको चौथो उपहार पनि पाएकी छु– सेवाको अनुभूति। 

म यहाँ तपाईंहरूलाई एउटा कथा सुनाउन चाहन्छु।

जब म न्यूयोर्कको अस्पतालमा थला परेर बस्दा खासै धेरै मान्छे मलाई भेट्न आइरहेका थिएनन्, त्यो बेला एउटी महिला थिइन्, जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। उनी न्यूयोर्कको कर्निल अस्पतालकी डाक्टर थिइन्। उनको नाम थियो, नवनीत नरुला। उनी अस्पतालको त्यो साँघुरो कुर्सीमा बसेर पूरा दिन मसँग बिताउँथिन्। उनी एक व्यस्त महिला थिइन्, तर व्यस्तताको बाबजुद उनले आफ्नो जिन्दगीको एक दिन मेरो नाममा समर्पण गरेकी थिइन्। म उनको यो समर्पण देखेर छक्क परेकी थिएँ।

  मैले उनलाई सोधेँ, ‘तिमी यो किन गर्दैछौ? तिमी मेरो साथी होइनौ, र मलाई थाहा छ, तिमी मेरो फ्यान (प्रशंसक) पनि होइनौ?’

उनले जवाफ दिइन्, ‘मनीषाजी, म यहाँ यसकारण तपाईंलाई भेट्न आउँछु, ताकि कुनै दिन तपाईं यही काम अरूको निम्ति गर्नु हुनेछ।’

उनले कति सहज रूपमा कति गम्भीर जवाफ दिइन्!

त्यही बेला मैले बाचा गरेँ, जिन्दगीमा दोस्रो मौका पाएँ भने म जुनसुकै रूपमा, चाहे त्यो सानो होस् या ठूलो, आफ्नो सामर्थ्यले भ्याएसम्म अर्काको सेवा गर्नेछु।

यही कारणले हो, जब नेपालमा भुइँचालो गयो, म भुइँचालो प्रभावित क्षेत्रहरूमा गएँ। राष्ट्रसंघीय कार्यक्रम ‘युएनएफपिए’ को सहयोगमा हामीले भूकम्पपीडित महिलाहरूको आत्मसम्मान जागृत गराउने अभियान सञ्चालन गर्यौं। म अझै पनि नेपालका दुर्गम भेगहरूमा पुग्न चाहन्छु। त्यहाँ गएर केटीहरूको शिक्षाबारे जागरण ल्याउन चाहन्छु। बाल विवाहविरुद्ध वकालत गर्न चाहन्छु। र, म त्यो अवश्य गर्नेछु।

एक क्यान्सर विजेताका रूपमा म के सन्देश दिन चाहन्छु भने, क्यान्सर भनेको मृत्युदण्ड होइन। क्यान्सरपछि पनि जीवन छ। कोही मेरा परिचित वा साथीभाइ क्यान्सरसँग जुध्दै छन् भने म उसको निम्ति प्रेरणाको स्रोत बन्न चाहन्छु।

उसलाई जिन्दगीसँग लड्ने हौसला दिन चाहन्छु। मेरो कथाको ठूलो अंश, मेरो जिन्दगीको उतारचढाव, मैले कमाएको नाम, प्रतिष्ठा, ग्ल्यामर, मैले भोगेको क्यान्सरको दुरावस्था, त्यो दर्दनाथ किमोथेरापी र मृत्युको सामना– यी सबै कुनै अप्रत्यासित घटना मात्र होइनन्। जिन्दगीका त्यस्ता पल हुन्, जसले मलाई जिन्दगीको अर्थसँग साक्षात्कार गरायो। मैले यसबाट जिन्दगीका केही सामान्य पक्षहरू बुझेँ। ती सामान्य थिए, त्यही भएर हामीले सधैं बेवास्ता गर्यौं। मानौं, हाम्रो जिन्दगीमा त्यसको कुनै मतलबै छैन।
सामान्य लाग्ने तर जिन्दगीमा गहन अर्थ राख्ने ती पक्षहरूमा सबभन्दा पहिला त, यो हाम्रो जिन्दगी एउटा उपहार हो। 
मलाई थाहा छ, यो धेरै भनिँदै र सुनिँदै आएको कुरा हो। तर, सत्य यही हो। हाम्रो जिन्दगी एउटा उपहार हो। 
जिन्दगीसँग जोडिएर आउने हरेक चिज उपहार हुन्। हाम्रो यो शरीर नै उपहार हो। यसलाई हामीले सम्भार गर्नुपर्छ। ख्याल राख्नुपर्छ। यो शरीर पाएकोमा आभारी हुनुपर्छ। यसलाई मायाले अंकमाल गर्नुपर्छ। यो जिन्दगीको यात्रामा हामीसँग ठोक्किन आइपुग्ने ती सबै मान्छे पनि उपहार हुन्।

दोस्रो, आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुको महत्व। हामीले आफ्नो अन्तरआत्मामा पौडिएर आफ्नो अस्तित्वको महत्व बुझ्नुपर्छ। आफ्नो सत्यलाई महसुस गर्नुपर्छ। आफ्नो सत्यमा बाँच्नुपर्छ।  हामीसँग समय थोरै छ, त्यसैले हामीले आफ्नो जिन्दगी जतिसक्दो धेरै बाँच्नुपर्छ, अर्थपूर्ण रूपमा। हामी कोही पनि अर्काको जिन्दगी बाँच्दैनौं। अर्कालाई ठिक वा सही लागेको जिन्दगी हामी किन बाँच्ने? हामीले आफ्नो जिन्दगी बाँच्नुपर्छ।
आफ्नो इच्छाअनुसार, आफ्नो सर्तमुताबिक। यसका लागि हामीले आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुपर्छ। त्यस्तो चिजको खोजी गर्नुपर्छ, जसले हामीमा उत्प्रेरणा जगाउँछ। हामीलाई एउटा असल जिन्दगी बाँच्न घच्घच्याउँछ। ताकि, हरेक दिन आफ्नो अन्तरआत्माले मागेअनुसार हामी स्पष्ट र प्रेमपूर्वक बाँच्न सकौं। 
तेस्रो, हामीले जति नै तयारी गरे पनि जिन्दगीका विभिन्न मोडमा आश्चर्यहरू ठोक्किन आइपुग्छन्। जिन्दगीले हामीलाई पत्तै नदिई नयाँ–नयाँ चुनौती दिइरहन्छ। हामीले त्यसको तयारी गर्ने मौकै पाउँदैनौं। तर, हामी छनौट गर्न सक्छौं। हामी कि त जिन्दगीले दिने ती आश्चर्यहरूबाट आहत भएर, त्यसैको दुःखमा पिल्सिएर बाँच्न सक्छौं वा त्यसलाई आफ्नो क्षमता निखार्ने चुनौतीका रूपमा प्रयोग गर्न सक्छौं। कस्तो जिन्दगी बाँच्ने, त्यो छनौट गर्ने अधिकार हामीसँगै छ।

जिन्दगीले दिने ती अप्रत्यासित चुनौती र समस्याका पछाडि एउटा सन्देश भने सधैं रहन्छ– हामीले जस्तोसुकै कठिन अवस्थालाई पनि आफ्नो विजयको कथा बनाउन सक्छौं, आफ्नो बुद्धिमता र साहसको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं। र, यो सामर्थ्य हामीभित्रै छ। 

Comments

Popular posts from this blog

French Foreign Legion’s 5 Common Interview Questions With Answers & Interview Facing Tricks

  Choose Your Language  Make Your Position  Make Your Eye Contact  Don’t Be Over Smart & Dumb Speak Audibly  & Follow The Instructions Be Pleasant While Facing Interviews  Answer in A Short & Sweet Way Use Sir Word For Respect  Use Sorry or Pardon word If You Don’t Understand The Questions Say Thank You Whenever Needed  Common Questions  Tell me about yourself or introduce yourself?  What’s your strength & weakness?  Why do you want to be the legionnaire?  If you become the legionnaire, which regiment would like to go?  If you don’t become the legionnaire, what will you do?  Common Questions With Answers  Tell me about yourself or introduce yourself?                                              My Name is Saphal Chamling. I am a           very hardworking, det...

The Kirat Dynasty

Nepal's very first recorded or discovered history began with the Kiratis, who arrived in the 7th or 8th century BCE from the east to the Kathmandu valley (now the capital of Nepal). Little is known about them, other than their deftness as sheep farmers and great fondness for carrying long knives. The Kirats ruled for about 1225 years (800 BCE-300 CE), their reign had a total of 29 kings during that time. Their first and best-remembered king was Yalambar, who is referenced in the epic Mahabharata. In the chronicle of Bansawali William Kirk Patrick mentions that the Kirat rule existed from about 900 BCE to 300 CE. During this long period altogether 29 Kirat Kings ruled over the country. The 29 Kirat Kings were; 1. Yellung Hang or Yalambar 2. Pari Hang 3. Skandhar Hang 4. Balamba Hang 5. Hriti Hang 6. Humati Hang 7. Jitedasti Hang 8. Galinja Hang 9. Oysgja Hang 10. Suyarma Hang 11. Papa Hang 12. Bunka Hang 13. Swawnanda Hang 14. Sthunko Hang 15. Jinghri Hang ...

Veer Zaara Poem Recited By Shahrukh Khan

Main qaidi number 786 jail ki salaakhon se bahar dekhta hoon Din mahine saalon ko yug mein badalte dekhta hoon Is mitti se mere bauji ke kheton ki khusboo aati hai Yeh dhoop meri maati ki thandi chaas yaad dilati hai Yeh baaruish mere saawan ke jhoolon ko sang sang laati hai Yeh sardi meri lodi ki aag sek kar jaati hai Woh kehte hain yeh mera des nahin Phir kyon mere des jaisa lagta hai? Woh kehte hai main us jaisa nahin Phir kyon mujh jaisa woh lagta hai? Main kedi number 786 jail ki salakhon se bahar dekh ta hoon sapno ke gawn se utri ek nani pari ko dekh ta hoon kehti hai khud ko Saamiya aur mujh ko Veer bulati hai hai bilkul begani paar apno si zid woh karti hai uski sachi baaton se phir jeene ko maan karta hai uske kaasmon vado se kuch karne ko maan karta hai Woh khete hai ko woh koi nahi teri phir kyun mere liye dunya se woh larti hai woh khwta hai ke mein us jaisa nahi phir kyun mujh jaisi woh lagti hai Main kedi number 786 jail ki salakhon se bahar dekh ta hoon mere gawn k...