एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो। जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि। साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्। म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ। ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती...
Informative & reliable