Skip to main content

Posts

I Witnessed Extra Territorial Activity

While I was doing meditation sitting on the veranda, I felt very shiny light coming down from the sky. Immediately after I opened my eyes up & looked up the sky, there was nothing besides moving white clouds. I wonder if that was so-called UFO. I just wish a blessing from God that the mysteries of the universe would unfold in my lifetime. Namaste to everyone.

Different Perspectives Of Yasok

जय बहादुर चेम्जोङ  हाम्रो गाउपालिका कुम्मायक गाउपालिकाको प्रमुख आदर्निय दाइ जय बहादुर चेम्जोङ दाइ ज्यु र एक नम्बर क्षत्रका अध्यक्ष देबेन्द्र लावती ज्युले यस क्षेत्रमा धेरैनै राम्रो काम गरिरहनुभएको छ। जय दाइलाइ चाहि म रार्मोसँग चिन्छु। उहा धेरै सरल मान्छे हुनुहुन्छ। हामीले पिपलबोटे स्कुलमा एउटा सानो प्रोग्राम गर्दा, उहा, त्यो बेलाको स्याबरुम्बा गाबिसको उपाध्य्क्ष र अध्यक्षलाइ अतिथिको रुपमा निमन्त्रणा दिएको थियौ। उहा हाम्रो निमन्त्रणालाइ सहर्स स्विकार गनुभै हाम्रो कार्यक्रममा आइदिनुभएको थियो भने अध्यक्ष ज्यु चहि कुनै जानकारी नदिएरनै अनुपस्थित हुनुहुन्थ्यो। उहा पहिलेदेखिनै धेरै डाउन टु अर्थ टाइपको ब्याक्ति हुनुहुन्थ्यो।  रानिगुफा  सबैलाइ सर्बबिदितै छ, खाल्डेको सिरानमा अबस्थित रानिभिरमा रानिगुफा रहेको छ। लिम्बु भासामा यसलाइ हाङ्मा फुकु भनिन्छ। यो गुफामा परापुर्व कालमा चेक्तेहाङ राजा र चेक्तेहाङमा रानि बस्ने गर्थे रे...

रदिफगजल 'गोरेनीको बैस'

गोरेनी तिम्रो बैस देखेर आच्छु आच्छु हुन्छु आखिर मेरो पनि मनै न हो आदिमासु हुन्छु। देख्दानै कारेन्ट लाग्ने तिम्रो कामुक शरिरलाई घरिघरि परिकल्पना गरेरनै म भुतुक्कै हुन्छु।  अर्धनग्न शरिरमा ब्लोन्ड हेयरले कसि लगाउदा यी आखाहरुले स्पर्स गरेरनै म मदहोस हुन्छु। लाजलाई पनि मात खुवाउने तिम्रो अदा देखेर  जवानीलाइ शितलता मिलेको महशुसमा हुन्छु। त्यो बडिको सेन्टले मेरो इन्द्रियलाइ दर्शन दिदा मनै हराभरा भएर समाधिको यात्रामा हुन्छु।

मेरो दोस्रो काफिया गजल 'घामछाया'

अनुहारमा गजल 'घामछाया' भगवान तिमिले संसार हेर्नलाइ जिबन त दियौ जिबन सँगै बाच्नलाइ धेरै पिडाहरु पनि दियौ। तिम्रो मर्जि न हो, ओढ्नलाइ आकाश साझा बनाएर  धर्तिमा जिउनलाइ असमान भाग्यहरु पनि दियौ। थोरै खुशिको पार्नलाई बसन्तको कल्पना गरे पनि  निरास पार्नलाइ धेरै उझाड हिउदहरु पनि दियौ । निदाउनलाइ मिठा सपनाहरुको परिकल्पना गरि बेचैनी पारि तड्पाउनलाइ धेरै ऐठानहरु पनि दियौ। हर्षलाइ मनाउन थोरै मुस्कान अनुहारमा राखिदिदा शोक मनाउन आखामा झन धेरै आशुहरु पनि दियौ।

एउटा सार्थक अन्त्य

जिबन एउटा भोगाइ न रहेछ अनेकन संयोगहरुको पुन्ज शिलशिलेवार यो यात्रामा बाटामा कति साथिहरु भेटिन्छन जो सम्झनामा मुस्किलले भेटिन्छन् मस्तिस्कमा रहन्छन् त ती ब्यक्तिहरु  जो त्यसको लायक हुन्छन्। नहुनु सुरुवात भएपछि अन्त्य अबसंभाबी हुदोरहेछ हामीले आश्रय दिने धर्तिको त निश्चित आयु छ हामिले ओढ्ने आकश त एकदिन सकिन्छ हामी त झन केनै हौ र ? दुइ दिनको पाहुना मात्रै कहिलेसम्मको लागि हो कुनै टुंगो नभएको। मानिस न हौ हामी भेट हुदा खुशि लाग्ने रहेछ छुटिदा केहि दुख लाग्ने रहेछ तर तीनै सुरुवातहरुको सुखद अन्त्य हुदा बिदाइ पनि स्वाभाबिक लाग्दो रहेछ जसै सुर्यले आफ्नो धर्म निभाएर बेलुकी अस्ताउदा कुनै आनौठो लाग्दैन सायद त्यसैलाइ भन्छन् होला एउटा सार्थक अन्त्य। ...

Haiku & Muktak For Love

हाइकु तिम्रो काखमा सपना देख्न पाए केहि चाहिन्न। जिबन झुठो मृत्यु सास्वत सत्य के फुर्ति गर्नु। मुक्तक सुर्यको पराक्रमलाइ त बादलले पनि छेक्न सक्छ। समुन्द्रको गहिराइलाइ त गाणितले पनि नाप्न सक्छ। यो स्निग्ध हृदयले तिमीलाइ गरेको माया, न कुनै बादलले छेक्न सक्छ न कुनै गाणितले नाप्न सक्छ। आज फेरि अनायासै तिमीसँग धरानमा पहिलोपल्ट भेटेको याद आयो। बिजयपुर डाडाको चौतारीमा बसि तिमीसँग सुस्ताएको याद आयो। मंसिरको २५ गते तिमीलाइ रातो सारीमा रातै घुम्टो ओडाइ, तिम्रो सिउदोमा सिन्दुर भरी, सधैको लागि आफ्नो बनाएको याद आयो।