साथिहरु,
म बिदेशमा बस्छु। म आफुलाइ एउटा सच्चा नागरिक भन्न रुचाउछु। म अफ्नो जन्मभुमि र देशलाइ असाध्यै माया गर्छु। हुनत बिदेशिएको मान्छेले यस्तो कुरा गर्नु शोभनिय नहोला। तर बिदेशिनु मेरो बाध्यता पनि हो। कारणहरु त उल्लेख गरिरहनु सान्दर्भिक नहोला।
मैले पोस्ट गरेको केहि कुराहरुमा यहाहरुको तिब्र आलोचना देखे। म गलत पनि हुनसक्छु। तर यसो भन्दैमा म कुनै दल वा त्यसको पक्ष पोसक होइन। म नितान्त न्युट्रल ब्याक्ति हु। साथै मैले सबै पार्टिहरु वा पार्टिका नेताहरुको गलत वा राम्रा पक्षहरुलाइ कहिलेकाहि समेट्ने गरेको छु। यदि मेरो ति पोस्टहरुले तपाइहरुको मर्ममा कतै ठेस पुगेको छ भने सम्योग मात्र सम्झिदिनुहोला।
हाम्रो देश यस्तो ठाउ हो जहा स्कुल र कलेजहरूमा बिध्यर्थिहरुलाइ पढ्नुको साटो राजनिति सिकाइन्छ। जहा क्याम्पसहरुमा स्वबियूको चुनाब हुन्छ। जुन सन्सारको कुनै पनि देशमा छैन होला। जहा जनता भन्दा नेताहरु धेरै छन्। हामिहरुको जात भन्दा पार्टिहरु धेरै छन्। अनि हुन्छ बिकास? यदि अबसर आएको खण्डमा त्यहि नेताहरुको आफन्त र आसेपासेहरुले पाउछन। तर पनि हामि यो फलानोको त्यो ढिस्कानोको भन्न छाड्दैनौ। जति फटाहा नेता भएपनि हामिहरु उस्को अगाडि लम्पसार पर्न छाड्दैनौ। अनि नेताहरु सच्चिन्छन त कसरि? हामिहरुलेनै उनिहरुले हामिमाथि खेल्ने मौका दिरहेको छौ।
मलाइ लाग्छ अहिलेसम्म सरकारमा आएर देश र जनताको लागि उदाहरणिय र सम्झन लायक काम गर्ने प्रधानमन्त्रि भनेको मन मोहन अधिकारि मात्र हो। अरु सबैले देशको अर्थतन्त्रलाइ दोहन गर्ने देखि बाहेक कुनै उल्लेखनिय काम गरेको छैन। यस्तो परिस्थितिमा हामि सबैले राजनैतिक पर्टि भन्दा माथि उठेर सोच्नुपर्छ जस्तो लाग्छ।
हाम्रो देशमा जे भैरहेको छ त्यो सम्सदिय प्रणालिको उपज हो भन्ने लाग्छ मलाइ। यदि प्रतक्ष्य निर्बाचित रास्ट्रपनि वा प्रधानमन्त्रिको ब्यबस्था भैदिएको भए यो स्थिति हाबि हुने थिएन होला। यहि प्राणालि रहिरहे हाम्रो देश उन्नति होइन अबनतितिर दिनानुदिन अग्रसर हुदै जाने निस्चितप्राय छ। त्यसैले हामिहरु सबै सचेत नागरिकहरु भएको हैसीयतले हाम्रो लाइ भन्दा राम्रोलाइ प्रोत्साहन र सपोर्ट गरौ।
Comments
Post a Comment