The phoenix must burn to emerge. त्यस्तै एउटा उदाहरण हुन्, सन्तोष कुमार राई।। उहाँ सोलुखुम्बुको हुनुहुन्छ। उहाँको सानैदेखि लाहुरे बन्ने सपना राख्नुभएको रहेछ। त्यसको लागि उनले सिंगापुर पुलिस र ईण्डियन आर्मी दुवैमा ट्राई गर्नु भएछ। यधपी, उहाँ त्यसमा सफल हुन सक्नु भएन रहेछ। त्यसपछि, उनी आफ्नो भविष्य खोज्ने क्रममा कोरियन भाषा पढेर परिक्षा पनि दिनु भएछ। त्यसमा पनि असफल हुनु भएछ। यसरी असफलताहरुको शृंखला सामना गर्दै जाने क्रममा अमेरिकाको डिभी लट्री भर्नु भएछ। त्यसमा भने उहाँ सफल हुनु भएछ। डिभी लट्री परेसँगै उहाँ अमेरिका उड्नु भएछ। तर सानोमा देखेको सपनालाई त कहाँ छोड्न सकिन्छ र, हैन। आफ्नो सपोर्टिभ जिवनसंगिनी सविता चाम्लिङ्गको मोटिभेसनसँगै, उहाँले युएस आर्मीमा ट्राई गर्नु भएछ। त्यसमा पनि उहाँ सफल हुनु भएछ। आज उहाँ युएस आर्मी भएर, आफ्नो सपना जिईरहनु भएको छ। त्यसैले, प्रयास गर्नेको कहिल्यै हार हुँदैन है साथिहरु। वस प्रयास चाहिँ गरिरहनु पर्यो। यो कुरा युएस आर्मी सन्तोष कुमार राईवाट पनि प्रमाणित हुन्छ। Don’t let your failures define you, let them teach you.
Informative & reliable