Skip to main content

Posts

Age Is Just A Number

  मेहनत यस्तो गरौकी भाग्य पनि साथ दिन बाध्य बनोस। विश्वकै सबैभन्दा बुढो फुटबल प्लेयर जो अझै खेलिरहेका छन्।५३ बर्षे काजुयोसी मियुरालाई जापानिज फुटबल क्लव योकोहामा एफ सिले उनलाई थप १ बर्षको लागि कन्ट्र्याक्टमा साईन गराएको छ। त्यसैले एज ईज जस्ट अ नम्बर। कर्म गर्दै जानुहोस। तपाईलाई उमेरले होईन, तपाईको कर्मले दुनियालाई आकर्षित गर्नेछ।

Am Who I am - Poem

  Smile in the front, bad mouth at the back Just hate those hypocrites with the character No matter I lose pursuing my personality ethic  In the long run, wanna be the conqueror.  The landslide occurs or the Strom hits  Nothing can swap  my proactive nature Counting on my long-sighted two eyes Don't allow anyone to be my umpire. Believing in myself, I put my every step Know, landing place can be very far away Ignoring those gimmicks, I never give up Rather I am ready to die, I get it anyway. 

चीनका राष्ट्रपति सी जीनपीङले आफ्नो बुबाबाट पाएको महत्वपूर्ण शिक्षा

म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।   जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।  मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गु...

Message From The Lives Of Maradona & Pele

  Pele married Marcia Aoki at 76, meanwhile Diego Maradona passed away at 60. It means Pele is still enjoying his life to the fullest. The moral is that don’t play with life.

Who Is Kamala Harris - Vice President Of The USA

Kamala Harris has become the first South Asian and the second African descendent Vice - President of America. Her mother moved to the United States in 1958 to pursue her education at the University of California from Tamilnadu, India. She later married Donald J. Harris who was the professor of Stanford University. Her both parents have the Doctor of Philosophy Degree. She was born on 20 October 1964 in Oakland California. She has done her graduation of Juris Doctor from the University of California.

मलाई पनौती लागेको छ

आजभोली खै किन हो मलाइ अलच्छिनी लागेको छ घरको धुरिमा बसेर बिहानै पोथी बासेको सुन्छु छेवैको रुखको सुकेको हागामा बसेर काग रोएको देख्छु बाटोमा हिड्दै गर्दा कालो बिरालोले अगाडीबाटनै बाटो काट्छ मलाइ अजिब भैरहेको छ। आजभोली मेरा दिनहरु आफ्नै बसमा छैनन् साह्रै न्यास्रो लाग्छ कहिलेकाहि खाना बनाउदा तिउनमा नुन हाल्नै बिर्सन्छु सपना पनि नानाथरी देख्छु आफ्नै मलामी आफै जादै गरेको पश्चिमबाट घाम उदाएर दिउसै दिन ढलेको महसुस गर्छु केहि गर्न खोज्यो नौ नारी गलेर आउछ म ताक्छु मुडा बन्चरो ताक्छ घुँडा यसरिनै चलिरहेछ। नियम अनुसार त सत्यको सधै जीत हुनुपर्ने हो तर यहाँ दिनदिनै कैयौ रामहरु हारिरहेछन् भस्मासुरहरु निर्बस्त्र बनेर यहा सर्बशक्तिमान बनिरहेछन् चित्तामा जलिरहेका लासहरु पुन ब्युतेर जुर्मुराइरहेछन् त्यसैले म आजभोलि युद्धमा हारेको सिपाहिझै आदिमासु बनेर जिइरहेछु हो म बौलाएको छु मलाई पनौती लागेको छ।

जिबनमा कहिल्यै हारेस नखानुहोस - Dr. Sanduk Ruit

सुदुर पुर्ब कंचनजंगाको काखमा अबस्थित ओलाङचुङगोला जस्तो बिकट गाउ जहा आज पनि गाडिको बाटो पुगेको छैन होला, त्यहि  जन्मनु भएका आखाका डा सन्दुक रुइतको जिबनबाट यहि कुरा सिक्न सकिन्छ। उहालाइ God Of Sight को नामले पनि चिनिन्छ। जब उनि सानो हुनुहुन्थ्यो, उहाको गाउमा पढ्नको लागि स्कुलहरु थिएनन्। त्यसैले उनको बुबाले १४ दिनको बाटो हिडाएर  उहालाइ पढ्नको लागि दार्जिलिङ लानुभयो। दार्जिलिङ जाने क्रममा बाटोमा कति रातहरु त ओडारमानै बास बस्दै जानुभयो। छुट्टीमा उहाका सबै साथिहरु घर जान्थे, रुइत भने होस्टेलमानै बस्थे। किनभने उहालाइ घर जान पनि टाढा पर्ने र बुबा पनि गरिबिको कारण उहालाइ लिन आइरहन नसक्नुहुने। यसरिनै उहाको वाल्यकाल र शिक्षा बित्यो। पछि उनि पढाइकै शिलशिलामा काठमांडौ आए। उनि र उनको बहिनी याङ्लासँगै होस्टलमा बस्थे। उनको बहिनी असध्यै मिठो गीत गाउथिन रे। होस्टलमानै उनको बहिनी बिरामी परे। ऊनिहरुसँग औसाधि किन्नलाइ पर्याप्त पैसा थिएन। त्यसैले उनिहरुलाइ उपचार गर्न नसकेर आफ्नै आखाको अगाडी बहिन...