Skip to main content

Posts

Showing posts from August, 2020

आमा कबिता

 राष्ट्र कबि माधब प्रसाद घिमिरेको १०२ बर्षको उमेरमा देबहासन भएको यो दुखद घडिमा, उहा र आजभन्दा करिब  २ ३  बर्ष पहिले मेरो स्वर्गबास हुनुभएको मेरो आमामा समर्पित एउटा  कबिता लेख्ने प्रयास गरेको छु। स्विकारिदिनु होला।    आमा तिमिलाइ मैले नसम्झेको दिनै छैन  कहिले सुखमा सम्झे, कहिले दुखमा सम्झे  परदेशमा ननिदाएका रातहरुमा कोल्टे फेर्दा  तिम्रो न्यानो काखको अभाब महसुस गरे।   तिम्रो दुख त आफैले भोग्दा मात्र थाहा हुदो रहेछ  तिमि त सधै आफ्नो पिडा लुकाएर हास्ने गर्थ्यौ  तिम्रो दुख त त्यहि खेत बारिलाइ मात्र थाहा होला तिमि त सधै हाम्रो खुशिमा साथै रमाउने गर्थ्यौ।   दाउरा घाँस गएर बेलुकि घर फर्कन ढिलो हुदा  केहि भयोकि भन्दै सुर्ताउदै खोज्न जान्थौ  मृत्युसँग तिमी ओछ्यानमा जुध्दै गर्दा पनि  भोलिको हाम्रो भबिस्यलाइ लिएर न्यास्रो मान्थौ।   तिम्रो हातको मिठो खाना साझ खान पाउदा  दिनभरिको थकान पनि मेटिएझै लाग्ने गर्थ्यो जिबनका हर पाइलामा तिम्रो सान्तवना मिल्दा  हारलाइ आत्मसाथ गर्न पनि सहज हुने गर्थ्यो।   

मेरो आपा - एक महापुरुष

  आज नेपालीले श्रद्दा गर्ने दुई युग पुरुषहरु बिपि कोइराला र मनमोहन अधिकारीले आफ्नो जीवन कालमा कति जनता, देश र आफ्नै शिर निहुराउने कार्यहरु गरे होलान, जुन गौण छन् किनभने चन्द्रमाको उज्यालोमा त्यसको दागले खासै महत्व राख्दैन। तर मेरो आपा यस्यो ब्याक्ति हुनुहुन्छ जसले आफ्नो जीबन कालमा कुनै त्यास्तो काम गर्नुभएन जसले आत्म सम्मानमा आच आओस। त्यसैले मेरो लागि उहानै आदर्श र कालजयी ब्याक्ति हुनुहुन्छ। सबै महापुरुषहरुलाई दुनियाले चिनिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन। बस उहा मेरो र हाम्रो लागि हुनुहुन्छ।  मेरो बाजे (कोपा) को ११ जना छ्होराछोरिहरु मध्ये ८ भाइ चाहि छोराहरु हुनुहुन्छ। जसमा मेरो बाबा जन्तरे हुनुहुन्छ। मैले सुने अनुसार जन्तरे र अन्तरेको २०३० साल मंसिर ३० गते एकै लगनमा चेलि र माइतिको छोरिरहरुसँग मागि बिबाह सम्पन्न भयो। जुन बेलामा मेरो आपा १५ बर्सको र मेरो आमा १४ बर्सको हुनुहुन्थ्यो रे।  मेरो आमाको माइति अर्थात मेरो मावलीमा मेरो आमा एक्लो सन्तानको रुप्पमा हुनुहुन्थेछ त्यतिबेलाका मेरो कोपा कोकुको अरुपनि सन्तानहरु भएपनि बिभिन्न कारणले उहाहरुको देहान्त भएछ। मेरो आमा चाहि प्रकुमा अर्थात माहिलि

म यहाको आदिबासी हु

म भलै पिछाडिएको हौला   तर म यो देशको मुलबासी हु  जसले मलाइ गर्बको अनुभुति गराउछ  यो माटोमा मेरो पुर्खाको सुगन्ध आउछ  त्यहि खुश्बुले सिंचिएर, भाग्यहरु लहलाउछ  यहाका  खेत र बारिहरुले   उहाहरुकै पौरखलाइ झल्काउछ।   मेरो देशलाइ मुटुमा राखेर  मेरो आफ्नै संस्कृतिमा रमाउछु  मेरो इतिहासलाइ शिरोपर गर्दै  हिजोको बिरासतलाइ निरन्तर्ता दिन्छु दबाइएका ती मेरा आवाजहरु  फेरि सबैले सुन्ने गरि बुलुन्द पार्नेछु  खोसिएका ती मेरा नासोहरु, फेरि खोज्नेछु  कहिले नबिर्सने गरि धातुमा कुदेर  भोलिको सन्ततिलाइ हास्तान्तरण गर्नेछु।  कुनै काल खण्डमा, युद्दको जमना थियो   मेरा पुर्खाहरु युद्द कलामा माहिर थिए  त्यसैले त किरातिहरुले लामो समय सासन गरेका थिए   आज युग परिबर्तन भएको छ  अब कलमको लडाइ लड्नुछ  आर्टिफिसियल इन्टेलिजेन्ससँग हातेमालो गर्नुछ  दुर दराजमा यो कुरा पुर्याउनु छ  केहि समय त अबश्य लाग्ला  तर म यो लडाइ पनि जित्नेछु   किनभने म यहाको आदिबासी हु।