म गाउलाइ अत्यन्तै माया गर्ने मान्छे
कहिले घर माथिको आप र कटहर सम्झन्छु
कहिले बारिको बादाम र अंबोक सम्झन्छु
कहिले खोलाको मेवा सम्झन्छु
कहिले घुर्यानको काब्राको अचार सम्झन्छु
कहिले अंबोटेको सजिवनको तरकारी सम्झन्छु
कहिले भाङ्टारको दुधे र चम्पासरिको भात सम्झन्छु
कहिले रोपाइ गर्दा पातमा खाको चाम्रे सम्झन्छु
कहिले छिमेकिको बिहेमा खाको टपरिको भात सम्झन्छु
कहिले आफ्नै बारिको बनमाराको दाल सम्झन्छु
कहिले बिच बरिमा फल्ने अमला र भुइकटर सम्झन्छु
कहिले जंगलमा खाको बयर सम्झन्छु
कहिले पानि लिन जादा खाको बडर सम्झन्छु
कहिले घास काट्न जादा खाको बेल सम्झन्छु
कहिले गुरुङघर माथिको फरिड सम्झन्छु
कहिले आमाले बुन्दिनुभको दौरा सुरुवाल सम्झन्छु
कहिले घरको अभाव टार्न ध्यानु गाई बेच्दा
घर सम्झि तलसम्म कराउदै गको सम्झन्छु
कहिले बाबाको उपचार गर्नलाई हल गोरु बेच्दा
म रोएको सुनेर बाजेले गोरु फिर्ता गरेको सम्झन्छु
त कहिले घोर्ले बाख्रा र कालि भैसि सम्झन्छु
त कहिले भिरबाट लडिमर्ने झिल्कु गाइ सम्झन्छु
या कहिले बेचेर घर फर्केको साखे र रुपाङ्गे गोरुहरु सम्झन्छु
या कहिले सावा र छरुंगा खोलामा दुवाली छेकेको सम्झन्छु
यो मेरो मानसपटलमा
गाउका सबै कुराहरु अमिट बनेर बसेका छन
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
कहिले घर माथिको आप र कटहर सम्झन्छु
कहिले बारिको बादाम र अंबोक सम्झन्छु
कहिले खोलाको मेवा सम्झन्छु
कहिले घुर्यानको काब्राको अचार सम्झन्छु
कहिले अंबोटेको सजिवनको तरकारी सम्झन्छु
कहिले भाङ्टारको दुधे र चम्पासरिको भात सम्झन्छु
कहिले रोपाइ गर्दा पातमा खाको चाम्रे सम्झन्छु
कहिले छिमेकिको बिहेमा खाको टपरिको भात सम्झन्छु
कहिले आफ्नै बारिको बनमाराको दाल सम्झन्छु
कहिले बिच बरिमा फल्ने अमला र भुइकटर सम्झन्छु
कहिले जंगलमा खाको बयर सम्झन्छु
कहिले पानि लिन जादा खाको बडर सम्झन्छु
कहिले घास काट्न जादा खाको बेल सम्झन्छु
कहिले गुरुङघर माथिको फरिड सम्झन्छु
कहिले आमाले बुन्दिनुभको दौरा सुरुवाल सम्झन्छु
कहिले घरको अभाव टार्न ध्यानु गाई बेच्दा
घर सम्झि तलसम्म कराउदै गको सम्झन्छु
कहिले बाबाको उपचार गर्नलाई हल गोरु बेच्दा
म रोएको सुनेर बाजेले गोरु फिर्ता गरेको सम्झन्छु
त कहिले घोर्ले बाख्रा र कालि भैसि सम्झन्छु
त कहिले भिरबाट लडिमर्ने झिल्कु गाइ सम्झन्छु
या कहिले बेचेर घर फर्केको साखे र रुपाङ्गे गोरुहरु सम्झन्छु
या कहिले सावा र छरुंगा खोलामा दुवाली छेकेको सम्झन्छु
यो मेरो मानसपटलमा
गाउका सबै कुराहरु अमिट बनेर बसेका छन
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
गाउमा हुदा कति रमाइलो थियो
आमाले पकाउनु भएको मिठो खाना
बाबाको न्यानो माया
स्कुलमा साथिहरुसगको मजाक
गुर्बाछानमा गाइबस्तु चराउन लानु
अनि तितिरि र शतिबयर टिपि खानु
लोसेमा दाउरा काट्न जानु
भाङ्टारमा दाइ लगाउनु
ठालडाडाबाट ढुङ्गा लडाउनु
धङ्गेरिको फुलको रस चुस्नु
चौरिमा झुम्रोको गोल खेल्नु
या गर्मिमा खोलामा पौडि खेल्नु
या बयटारको बर टिपेर खानु
या बाख्राको पाठाहरुसग खेल्नु
या दशैमा कमेरोले घर रंगाउनु
या सावा खोलामा बिस लगाउदा माछा मार्नु
या साल बिसाउनेको बरको रुखमा चढि सुसाउनु
या त पेटभरि मकै भटमास खानु
या त अन्जुलिमा उघाएर जरुवाको पानि खानु
या त रमितेमा भारि बिसाइ थकै मार्नु
या त डाडा गोठमा शितल हावा खानु
न बिजुलि पानिको बिल तिर्नुपर्ने चिन्ता
न खनेकुरा किन्नुपर्ने चिन्ता
न शरिरिक ब्यायम गर्नुपर्ने चिन्ता
न घरको भाडा तिर्नुपर्ने चिन्ता
न खाना पकाउने ग्यास किन्नुपर्ने चिन्ता
सबैकुरा अर्गानिक
तनाब रहित स्वस्थ्य जिबन
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
आमाले पकाउनु भएको मिठो खाना
बाबाको न्यानो माया
स्कुलमा साथिहरुसगको मजाक
गुर्बाछानमा गाइबस्तु चराउन लानु
अनि तितिरि र शतिबयर टिपि खानु
लोसेमा दाउरा काट्न जानु
भाङ्टारमा दाइ लगाउनु
ठालडाडाबाट ढुङ्गा लडाउनु
धङ्गेरिको फुलको रस चुस्नु
चौरिमा झुम्रोको गोल खेल्नु
या गर्मिमा खोलामा पौडि खेल्नु
या बयटारको बर टिपेर खानु
या बाख्राको पाठाहरुसग खेल्नु
या दशैमा कमेरोले घर रंगाउनु
या सावा खोलामा बिस लगाउदा माछा मार्नु
या साल बिसाउनेको बरको रुखमा चढि सुसाउनु
या त पेटभरि मकै भटमास खानु
या त अन्जुलिमा उघाएर जरुवाको पानि खानु
या त रमितेमा भारि बिसाइ थकै मार्नु
या त डाडा गोठमा शितल हावा खानु
न बिजुलि पानिको बिल तिर्नुपर्ने चिन्ता
न खनेकुरा किन्नुपर्ने चिन्ता
न शरिरिक ब्यायम गर्नुपर्ने चिन्ता
न घरको भाडा तिर्नुपर्ने चिन्ता
न खाना पकाउने ग्यास किन्नुपर्ने चिन्ता
सबैकुरा अर्गानिक
तनाब रहित स्वस्थ्य जिबन
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
मेरो गाउको जिबन पो जिबन त
जहा अभाबहरु पैचोमा टर्छन
जहा बाटोहरुमा फलफुलहरु फल्छन
बाटुवाहरुले पाहुनाको रुपमा सत्कार पाउछन
अनि मर्दापर्दा सबैले सहयोग गर्छन
शहरमा त सबै स्वार्थि हुन्छन
सबै पैसाको पछि कुद्छन्
जहा पाहुनाहरुको सत्कार हुदैन
आफन्तहरुको मुल्य हुदैन
छिमेकिहरुसग चिनजान हुदैन
सबै ममा बाचिरहेका छन
फगत एक कम्पाउन्ड भित्र
एक निस्सासिएको जिबन
एक मानसिक असन्तुलन जिबन
मेरो गाउको चाडपर्व पो चाड पर्ब त
जहा एक अर्कामा भात्रित्व छ
दशैमा बाबाले किन्दिनुभएको नया लुगा लगाउनु
टिका थाप्न रमाउदै मामलो जानु
तिहारमा आमाले पोल्नुभएको सेलरोटि खानु
लिङेपिङ खेल्दै राको बोकेर देउसि खेल्नु
अनि चेलिको हातबाट भाइटिकामा लगाउनु
मेरो गाउको सबै कुराहरु रमाइलो थियो
औशि पुर्णेमा लाग्ने यासोक बजार भर्न जानु
अनि सुन्तला किनेर खानु
तिन तिन बर्समा लाग्ने त्रिशला मेला भर्न जानु
कुम्मायक र कुस्स्यकमा पुजा गर्नु
या पंचमि बजार भर्न जानु
धुसुरे केरा किनेर खानु
या शुक्रबारे म्याङ्लुङ् बजारमा
दाल, लाहा र कुखुरा बेच्न लानु
या सानोमा आमा बजार जानुहुदा
दिन ढल्ने आशामा घाम हेर्दै मिठाइ पर्खनु
सबै क्षणहरु अबीश्मरणिय छन
अनि त्यतिकै आत्मिय पनि
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
जहा अभाबहरु पैचोमा टर्छन
जहा बाटोहरुमा फलफुलहरु फल्छन
बाटुवाहरुले पाहुनाको रुपमा सत्कार पाउछन
अनि मर्दापर्दा सबैले सहयोग गर्छन
शहरमा त सबै स्वार्थि हुन्छन
सबै पैसाको पछि कुद्छन्
जहा पाहुनाहरुको सत्कार हुदैन
आफन्तहरुको मुल्य हुदैन
छिमेकिहरुसग चिनजान हुदैन
सबै ममा बाचिरहेका छन
फगत एक कम्पाउन्ड भित्र
एक निस्सासिएको जिबन
एक मानसिक असन्तुलन जिबन
मेरो गाउको चाडपर्व पो चाड पर्ब त
जहा एक अर्कामा भात्रित्व छ
दशैमा बाबाले किन्दिनुभएको नया लुगा लगाउनु
टिका थाप्न रमाउदै मामलो जानु
तिहारमा आमाले पोल्नुभएको सेलरोटि खानु
लिङेपिङ खेल्दै राको बोकेर देउसि खेल्नु
अनि चेलिको हातबाट भाइटिकामा लगाउनु
मेरो गाउको सबै कुराहरु रमाइलो थियो
औशि पुर्णेमा लाग्ने यासोक बजार भर्न जानु
अनि सुन्तला किनेर खानु
तिन तिन बर्समा लाग्ने त्रिशला मेला भर्न जानु
कुम्मायक र कुस्स्यकमा पुजा गर्नु
या पंचमि बजार भर्न जानु
धुसुरे केरा किनेर खानु
या शुक्रबारे म्याङ्लुङ् बजारमा
दाल, लाहा र कुखुरा बेच्न लानु
या सानोमा आमा बजार जानुहुदा
दिन ढल्ने आशामा घाम हेर्दै मिठाइ पर्खनु
सबै क्षणहरु अबीश्मरणिय छन
अनि त्यतिकै आत्मिय पनि
त्यहि हो मेरो प्यारो खाल्डे गाउँ
Comments
Post a Comment