म गाउलाइ अत्यन्तै माया गर्ने मान्छे कहिले घर माथिको आप र कटहर सम्झन्छु कहिले बारिको बादाम र अंबोक सम्झन्छु कहिले खोलाको मेवा सम्झन्छु कहिले घुर्यानको काब्राको अचार सम्झन्छु कहिले अंबोटेको सजिवनको तरकारी सम्झन्छु कहिले भाङ्टारको दुधे र चम्पासरिको भात सम्झन्छु कहिले रोपाइ गर्दा पातमा खाको चाम्रे सम्झन्छु कहिले छिमेकिको बिहेमा खाको टपरिको भात सम्झन्छु कहिले आफ्नै बारिको बनमाराको दाल सम्झन्छु कहिले बिच बरिमा फल्ने अमला र भुइकटर सम्झन्छु कहिले जंगलमा खाको बयर सम्झन्छु कहिले पानि लिन जादा खाको बडर सम्झन्छु कहिले घास काट्न जादा खाको बेल सम्झन्छु कहिले गुरुङघर माथिको फरिड सम्झन्छु कहिले आमाले बुन्दिनुभको दौरा सुरुवाल सम्झन्छु कहिले घरको अभाव टार्न ध्यानु गाई बेच्दा घर सम्झि तलसम्म कराउदै गको सम्झन्छु कहिले बाबाको उपचार गर्नलाई हल गोरु बेच्दा म रोएको सुनेर बाजेले गोरु फिर्ता गरेको सम्झन्छु त कहिले घोर्ले बाख्रा र कालि भैसि सम्झन्छु त कहिले भिरबाट लडिमर्ने झिल्कु गाइ सम्झन्छु या कहिले बेचेर घर फर्केको साखे र रुपाङ्गे गोरुहरु सम्झन्छु या कहिले सावा र ...
Informative & reliable