Skip to main content

A Campaign For Saving Simran

Cancer Patient, 4 years old, Simran

 बिपन्नता कसैको रोजाइ हुदैन र यो कुनै पुर्बजन्मको सतोसराप पनि होइन। यो त परिस्थितिहरुको उपज हो। ओरालो लागेको म्रिगलाइ बाच्छोले पनि खेदाउछ भेने झै, हरेक दुख कस्टहरुले पनि त्यहि बिपन्नको घरलाइ रोज्छ। यस्तै परिस्थिति आइपरेको छ भोजपुर हसनपुरका किशोर कुमार राइको घरमा। उहाको पहिलो सन्तानको रुपमा जन्मिएकी सिम्रनलाइ सामान्य रोग होइन क्यान्सर भएको छ। उनि अहिले ४ बर्सकि भइन र उनि यतिबेला कान्ति बाल हस्पिटलमा निको भएर घर फर्कने दिन कुरेर बसिरहेकि छिन। अहिले प्राप्त सुचना अनुसार, उनको उपचार सो हस्पिटलमा पनि सम्भब नभएर, ईन्डिया लाने तयारि भैरहेको छ। 

भनिन्छ खुशि बाडे दोब्बर अनि दुख बाडे आधा। मानबता तथा कथित धर्म भन्दा धेरै माथि हुन्छ। पुन्य कुनै दन्त्य कथामा उल्लेख भएको तिर्थस्थलहरुमा धाएर मिल्दैन। यो त रोइरहेको आखाहरुको आशु पुछिदिदा प्राप्त हुन्छ। संसारमा कुनै कुरा अन्त्यहिन छैन। हामिहरु त जाबो एउटा प्राणी हौ। यिनै कुराहरुलाइ आत्ममनन गरि बाचुन्जेल हामिहरु सबै एक अर्काको मलम पट्टि भएर बाचौ। 
Cancer Patient, 4 years old, Simran Rai

सिम्रन बचाऔ अभियान अन्तर्गत हामिहरुले यहाबाट €१५५ सङ्कलन गरि आज नेपाल पठाएका छौ। नेपालमा यो रकमको रु १७,०८२,४३ प्राप्त गर्नुहुनेछ। यो काम मेरो एक्लो प्रयासले मात्र सम्भब भएको होइन। यसमा बिसेश रुपमा सहयोग गर्नुहुनेआदरणिय दाइ आङलाक्पा शेर्पा र मेरो अत्यान्तै मिल्ने साथि किरन राइलाइ धन्यबाद दिन चाहान्छु। अनि यो अभियानमा रकम दिइ सहयोग गर्नुहुने सम्पुर्णमा पनि हार्दिक आभार प्रकट गर्न चाहान्छु। हुनत यो रकम खाश ठुलो नभएतापनि, थोरै भएपनि मद्दत पुग्ने अपेक्षा लिएका छौ। 
Cancer Patient Simran Rai with her mother and brother

हामि सबैको तर्फबाट सिम्रनलाइ शिघ्र स्वस्थ्यलाभको कामना। तिमि चाडै निको भएर, पढेर ठुलो मान्छे बन्नुपर्छ। तिमिलाइ भोलिका ती सुनौला बिहानिहरुले स्वगत गर्न आतुर छन। 

सहयोगि मनहरुको फेहरिस्त यस्तो छ। 

१ आङलाक्पा शेर्पा, सोलुखुम्बु €२०
२ किरन राई, धनकुटा €२०
३ मेघु पुरि, खोटाङ €२०
४ सफल चाम्लिङ, धरान €२०
५ लिलामान श्रेस्ठ, चितवन €१०
६ बलराम राइ, भोजपुर €१०
७ राज सुब्बा, ताप्लेजुङ €१०
८ राजु बुधाथोकी, नुवाकोट €१०
९ दुर्गा प्रसाद शिवाकोटि €१०
१० रमेश गिरि, इटहरी €५
११ बिनोद सापकोटा, काठमांडौ €५
१२ सुरेश मल्ल, पोखरा €५
१३ राजन नेउपाने, चितवन € ५
१४ दिलोचन थापा, काठमान्डौ €५
१५ बिबेक खरेल, बिराट्नगर €५
१६ राम कडेल, नवल्परासि €५
१७ तेज बहादुर अर्याल, धादिङ €५

Comments