Skip to main content

My Feelings Part I

       
मेरो बाटो त्यति सङ्घुरो छैन्
तिम्रो एउटा इटाको गाह्रोले छेक्न सक्ने
मेरो मन तेति कम्जोर छैन्
तिम्रो एउटा धोकले बहकिन सक्ने  

आगोको झिलकोलाई तिम्ले
खरनीको धुलोसँग तुलन गर्यौ
समुन्द्रको गहिराइ कति भनेर तीमले
बाहिर बाटनै नाप्ने कोसिस गर्यौ
के तिमी सच्चैनै पृथ्वीको तौल कति भनेर नाप्न सक्छौ ?

उदाइरहेको सुर्यलाई तिम्ले
हत्केलले छेक्न प्रयास गर्यौ
बर्सी रहेको बर्षलाई तिमिले
जबो एउटा छाताले छल्न कोसिस गर्यौ
के बस्तबमनै तिम्रो छाताको मुनि ओभनै ?

                   
           २

तिम्रो नजरमा आँखाको कसिङगर बनेनी
कसैलैत फूल भन्छौ होला
जुन्किरीलाई नगन्ने भयनी
चन्द्रमाको त खुलेर तरिफ गर्छौ होला

मैले सिडी चढ्न नसके पनि
तिम्ले सधैं सिखरहरू चढ्नु
यात्रा गर्न अझ धेरै छ बाँकी
गन्तब्यमा नपुगी पैला नरोक्नु

मधु मालतीको कथा नबनोस
अब तिम्रो बाँकी जीवन
जुन खाडलमा म पुरिये
त्यसरी छाडन नपरोस तिम्रो आङन।


         ३

आज चारैतिर मधुमस छ
सन्ध्यकलीन चिसो पवन छ
अनी तिमी मेरो सथमा छौ
तेसैले आज म सारा संसारलाई भूलेर भन्न सक्छु
यो पलहरूमा साँच्चै उमंगता छ

तिमी मेरो तरिफ गर्छौ
म तिमिलै एकोहोरो हेरिरहन्छु
म तिमीमा साक्षत परिको अबतार देख्छु
तिमी केही लजाए जस्तो गर्छौ
म तिम्रो त्यो लजैहरूमा
तिमिलाई अझ सुन्दर देख्छु
तेसैले आज म सारा संसारलाई भूलेर भन्न सक्छु
यो पलहरूमा साँच्चै उमंग छ
तिम्रो मुस्कान कति निर्दोश छ
म त्यसमा नतमस्तक हुन्छु
तिम्रो कोमल हातले
मेरो हातमा स्पर्स गर्दा
म संसार जित्ने प्रेरणा पाउछु
लाग्छ आज यो सर बताबरणनै मेरो बसमा छ
तेसैले म सर संसारलाई भूलेर भन्न सक्छु
यो पलहरूमा साँच्चै मिठासता छ

तिम्रो बाहिरी रुप जति रम्रो छ
भित्री मन पनि तेतिकै उत्कृष्ट
लाग्छ तिमी यी सबैकुरहराहरूको
अद्दितिय सम्योजन हौ
आनि म तिमिलाई पाउने
एक भग्यमानी महसुस गर्छु
तेसैले आज सारा संसारलाई भूलेर भन्न सक्छु
यो पलहरूमा साँच्चै उमङता छ।
               

          ४

शुन्यतालाई चिरेर तिमिले
मेरो जीवनको आकार बदलिदियौ
मेरो हर पाइलाहरूमा साथ दिइ
अगाडी बाढ्नलाई सहज बनाइदियौ
आज म धेरै क्रितग्य छू
किनकी मेरो जीवन धेरै रङिन भएको छ।

आज म साच्चैन महसुस गर्दैछू
तिमी मेरो हुनुको साचो अर्थ
आनि तिम्रो एक शब्दले
ममा कति उर्जा थप्छ।

यसरिनै तिम्रो साथ पाएभने 
आकाशलाई छुन सक्छु
सारा बाधाहरूलाई पन्छाएर
ती सिखरहरूलाई चुम्न सक्छु। 


समयको बहाबहरूसंगै
मेरो जीवनमा रितुहरू लेइदियौ
निरासाको भुमरीहरूलाई पर हटाइ
सयौ जूनीसम्म बाच्ने आशा जगाइदियौ

५. (२३/१०/१६)
काडाले घोच्दा दुख्यो भन्छौ 
मैले त दुखको सगरमाथा चढेको छु 
तिमि ठेस लाग्दा मरे भन्छौ 
मैले त म्रित्युहरुसग पौठेजोरि खेलेको छु

मैले जिबन देखेको होइन 
यसलाइ भोगेको छु 
मैले भगवान पुजेको छैन 
तथानाम गालि गरेको छु 

जति हुरि चल्दै जान्छ 
 उति जरा बलियो हुदै जादो रहेछ 
हरेक चोटिको लडाइहरुलेनै  
जिबनको सार्थकतालाइ पूश्टि गर्दो रहेछ 

सपना देख्नु महत्वकाङ्क्ष होइन 
त्यसलाइ  तौलन चाहान्छु 
जिबन जिउनु त ठुलो कुरा होइन 
मरेपछि पनि बाच्न चाहन्छु

६. ०३/१२/१६
तिम्रो हर खुशिको निम्ति 
म मेरो सारा इच्छाहरु बेच्न सक्छु 
तर मेरो एउटा सर्त छ 
तिमि केबल मेरो हुनुपर्छ 

खुशिको आकार त फराकिलो होला 
मेरो परिधि भित्रको माया तिमिलाइ 
समय सँगै जिबनको भुगोल बदलिएला 
तर योबनि सदाबहार माया तिमिलाइ 

जिबन हो परिस्थितिहरु एकैनास नरहला 
तर हाम्रो दुरि कहिले बढ्ने छैन 
खुशिका परिभाशाहरु त अनेकन होलान 
तर तिमिलाइ अभाबको अनुभुति गराउने छैन

 ७. २०/०१/२०१७
       आमा-बाबा 
आमा हजुरले हिड्न सिकाउनुभयो 
यात्रा आफै तय गरे 
बाबा हजुरले बाटो देखाइदिनुभयो 
गन्तब्य आफै निर्धारण गरे

शुरुवातमा शिलन्यास गरिदिनुभयो 
उद्घाटनमा तपाइहरुलाइ खोजे 
गल्तिहरुलाइ सम्पादन गरिदिनुभयो 
बिमोचनमा तपाइहरुको अभाब भोगे  
आफू भित्रको सम्बेग पोख्न 
हर दुख र सुखमा सम्झे

सन्सारनै जितेपनि अर्थहिन लाग्दो रहेछ 
जितमा रमाइदिने तपाइहरु नहुदा 
आकाशै खशेपनि एक्लै सहनुपर्दो रहेछ 
पिडामा ओत लाग्ने तपाइहरुको काख नहुदा 
मन पनि सधै बोझ बन्दो रहेछ 
तपाइहरुको गुनको भारि बोकेर हिड्दा 

म सधै तपाइहरु प्रति आभारि छु
तपाइहरुको कारणले यो संसार देखे 
अभिभाबक बिहिनता त खड्किनैरहदो रहेछ 
परिस्थितिहरुले परिस्क्रित बन्दै गए 
तपाइहरुको मारगदर्शनलाइ पछ्याइरहनेछु 
कुनैदिन समयले अन्यत्रै दिशा बदले   

८. २६/०३/२०१७

माया भनेको हासिल गर्नुमात्र होइन रहेछ 
कसैको खुशिमा हार्नुपनि पनि जित रहेछ 
यसरिनै तिमिलाइ खुशि मिल्छ भने 
जिबनमा कयौ चोटि हार्न तयार छु 
किनभने म तिम्रो ठुलो प्रसम्सक हु
केबल तिम्रो खुशि देख्न चाहान्छु।  

मायाको अर्थपनि तिमिलेनै सिकायौ 
त्यहाभित्र मैले रमाइलो संसार देखे 
टाढिदाको अनुभुति पनि तिमिलेनै गरायौ 
जहा तिम्रो खुशिको निम्ति आफ्नो दुखाइ बिर्से 
तिमि धेरै अनुकरणिय छौ 
बर्णन गर्न शब्दहरु धकाउछन।  

तिम्रो उपस्थितिमा मेरो जिबन 
हौसल्लाले तरङ्गित भएको थियो 
तिम्रा ति असाधारण गुनहरुले 
स्वर्गमय जिबन बनेको थियो 
तिमिलाइ साथिमात्र भन्दा अपुर्ण होला 
तिमि मेरो प्रेराणाको स्रोत थियौ। 

तिमिसग टाढिनुको आबेगमा 
मैले मर्यदालाइ नाघ्न खोजे हुँला 
जुन मन्दिरलाइ पुजा गरे 
गल्ति ढाक्न पबित्रता माथि संका गरे हुँला 
त्यो त सब मेरो चित्कार मात्र हो 
तिमि अति महान छौ। 

९. ३०/०३/२०१७
त्यस्तै उस्तै 

म त्यो साधरण मान्छे 
जो समयलाइ जित्न चाहान्छ 
म त्यो निर्दोश मान्छे 
जो सपनालाइ साक्षात्कार गर्न चाहान्छ 

म आफ्नो बाटो हिड्छु 
दुनियाले मलाइ घमन्डि देख्छ 
म ब्युझेर सपना देख्छु 
दुनियाले मलाइ पागल ठान्छ 

बाध्यताहरु धेरै गम्भिर होलान 
अबिचलित आफ्नो ढुकढुकि सुन्छु 
चुनौतिहरुसग संसर्ग गर्ने मान्छे 
घामपानिसँग लुकामारि खेल्छु

ती माराणासान्न संघर्शका थकानहरु 
सानो एक प्राप्तिले बिर्साइदिदोरहेछ 
आखिरिमा यिनै सकसपुर्ण यात्रालनै 
जिबन बुझ्ने दर्शन बन्दोरहेछ 

१०. १४/०८/२०१८
बिदेशी जिबन

बिहानिको घडिको घण्टीसँगै
सुरुवात हुन्छ मेरो दिन
थाहा छैन कहिले तिरिसकिने हो 
जिबनभरिलाइ लिएको यो रिण


पैसासंग खुशि साट्छू
पसिनासंग भाग्य खोज्छु
मैन बत्तीलेझै आफु जलेर
अरुलाइ प्रकाश छर्न खोज्छु

आखिर कहा छ मैले खोजेको सुख
अमेरिका, युरोप या अरु कुनैमा
डांडा माथिको घाम भैसक्यो
यसैको निरन्तर खोजिमा

न सुखलाइ भेट्न सके
न दुखलाइ पन्छाउननै सके
अन्योलहरु बिच भक्कानिदै गर्दा
असलि खुशि त आफैभित्र भेटे

११. ०९/०४/२०१८

बस्ने गोलार्ध फरक भएपनि
हाम्रो पृथ्वी त एउटैनै हो
जन्म अलग अलग भएपनि
हाम्रो जोडि बनाउने त दैबनै हो
हर खुशिको प्रस्थान बिन्दु बन्नु तिमि
आइपर्ने घामपानी दुबैमिलि सहौला
जिबनको दुरि त धेरै लामो छ
हामि एक अर्काको बाच्ने आधार बनौला
पछिल्लो जन्मको पुण्य भनौ या मेरो भाग्य
धन्य छु म तिमि जस्तो जिबन साथि पाउदा
गगन चुम्ने अभिलासाहरु जागेर आउछन्
इश्वरको रुपमा तिमि दाहिनो हुदा
जिबनका बाकि हर क्षणहरु
तिमिसँग मात्र बाड्न चाहान्छु
तिमिले प्राप्त गर्ने हर सुखको
तर्ने पुलझै माध्यम बन्न चाहन्छु
१२. १६/०४/२०१८
तिमिसँग हरेक चोटि कुरा गर्दा
पहिलो पटक भएझै नया लाग्छ
तिमिले बोल्ने ती शब्दहरुले 
बिहानिलेझै ममा उमंगता ल्याउछ
तिम्रो साथ यसरिनै पाइरहे भने  
एकदिन म संसार जित्न सक्छु 
जिबन भरिका सारा लक्ष्यहरु 
बिना कठिनाइ हासिल गर्न सक्छु
मायाको शाब्दिक साचो अर्थ 
तिम्रो ती अंगालोहरुमा पाए 
मेरा सारा सफलतहरुको पूर्णता 
तिम्रो ती खुशिहरुमा भेटे
१३. २९/०४/२०१८

कति भाग्यामानि रहेछु
हजुरहरुको मुटुको टुक्रा पाए
श्रद्दाले सधा शिर निहुरिन्छ
हजुरहरुसँग नाता जोडिन पाउदा।
बिधिको बिधान यस्तै रहेछ
छोरिले घर छाड्नै पर्ने
पराइलाइ आफ्नो बनाउनै पर्ने
अन्माएर हजुरहरुले छोरि बिदा गर्दा
छोरिसँगै हजुरहरु रुदा
मेरो पनि मन भरेर आयो
मानौ मैले कुनै पाप गरे जस्तो
तर समय अगाडि बढिसकेको थियो
म चहि निर्लज्ज मन थामिरहे।
म प्रतिबद्द छु
पराइको घर भएपनि
बुहारिको रुपमा होइन
छोरिको सम्मान दिनेछौ
पत्निको रुपमा होइन
जिबनसाथिको रुपमा ब्यावहार गर्नेछौ
घाम लागे एउटै छहारि
पानि पारे एउटै छाता
भोक लागे एउटै थाल
निन्द्रा लागे एउटै सिरानि
थकाइ लागे एक अर्काको अडेसा बन्नेछौ।
सकेसम्म अभाबको महसुस हुन दीने छैन
पश्चतापको अनुभुति हुन दीने छैन
घरको अभाब महशुस हुन दीने छैन
दुखमा एक्लै रुन पर्ने छैन
चाडपर्बमा बिलौना गर्नुपर्नेछैन
आकाश जस्तो बिशाल
हिमाल जस्तो कन्चन
समुन्द्र जस्तो गहिरो
फुल जस्तो कोमल माया दिएर रखौला
हामि दुइ हातेमालो गर्दै
बेग्लै सुन्दर संसार रच्नेछौ।
सफल चम्लिङ

Comments

Popular posts from this blog

French Foreign Legion IQ Questions With Solutions

 

Sample Reappearing Request Letter To The French Foreign Legion

 Quartier Vienot, 2 Route départementale, B.P. 11 354, 13 784 AUBAGNE, France 22 April 2025 Dear sir, My name is Ashish Ghimire. When I was in the French Foreign Legion camp, my name was changed to Gogal Bishal. I entered into the French Foreign Legion Paris camp on 6th April. On 10th April, we were taken including me from Paris to AUBAGNE. On 17th April, my decision has been made & I wasn’t selected.  I am very keen on being the French Legionnaire & I tried for it very hard as well. I thought I performed well as well while I was in the legionnaire camp. Even if I gave my bones & flesh, I could not be the French legionnaire. I lost my mind for couple of days & I came up with the idea of requesting for second chance. So, I am wholeheartedly requesting for the second chance. I’ll improve everything & reshaping myself I’ll come to be the legionnaire again. That’s my promise. Please, do consider to pursue my dream to be the French foreign legionnaire.  Tha...

French Foreign Legion’s 5 Common Interview Questions With Answers & Interview Facing Tricks

  Choose Your Language  Make Your Position  Make Your Eye Contact  Don’t Be Over Smart & Dumb Speak Audibly  & Follow The Instructions Be Pleasant While Facing Interviews  Answer in A Short & Sweet Way Use Sir Word For Respect  Use Sorry or Pardon word If You Don’t Understand The Questions Say Thank You Whenever Needed  Common Questions  Tell me about yourself or introduce yourself?  What’s your strength & weakness?  Why do you want to be the legionnaire?  If you become the legionnaire, which regiment would like to go?  If you don’t become the legionnaire, what will you do?  Common Questions With Answers  Tell me about yourself or introduce yourself?                                              My Name is Saphal Chamling. I am a           very hardworking, det...