मृत्युअघी डाक्टरले छोरीहरुलाई लेखेको पत्र दुर्गम क्षेत्रका जनाताका सेवा गर्ने डा चित्र प्रसाद वाग्ले शर्माले यो संसार छाडेको पनि एक बर्ष हुन लाग्यो। क्यान्सर रोग लगेपछी समयमनै उपचार नपाएका डा शर्माको गत कार्तिक सात गते निधन भएको थियो। क्यान्सरले च्याप्दै लगेपछि परिवारका सदस्यहरु भरभरको सबै सम्पत्ति बेचेर अमेरिका जान पत्नी र शुभचिन्तकले सल्लाह दिँदा उनले मानेनन् । वाग्लेले भोलि आफू पनि नरहने अवस्थामा बालबच्चा एवं पत्नीलाई सडकमा ल्याउन चाहन्न, बरु यत्तिकै मर्छु भन्ने अडान लिए । छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । आफू मर्दैछु भन्ने थाहा पाएपछि आफ्नो शेखपछि छोराछोरीको भविश्य के होला भन्ने चिन्ता उनमा थियो । उनै डाक्टर वाग्लेले दिल्लीमा अस्पतालको बेडमा रहँदा कलिला दुई छोरीलाई सम्बोधन गर्दै चिठी लेखेका थिए । छोरीहरुका हातमै पुग्न नपाई डायरीमा सीमित रहेको उनको चिठी पुस्तकाका रुपमा हामीमाझ आउन लागेको छ । डा चित्र प्रसाद वाग्ले शर्मा हस्पिटलको बेड्मा स्व. डाक्टर वाग्लेले आफ्ना छोरीहरुलाई पनि डाक्ट...
Informative & reliable