Skip to main content

The letter was written to his daughter before his death

मृत्‍युअघी डाक्टरले छोरीहरुलाई लेखेको पत्र

दुर्गम क्षेत्रका जनाताका सेवा गर्ने डा चित्र प्रसाद वाग्ले शर्माले यो संसार छाडेको पनि एक बर्ष हुन लाग्यो। क्यान्सर रोग लगेपछी समयमनै उपचार नपाएका डा शर्माको गत कार्तिक सात गते निधन भएको थियो।

क्यान्सरले च्याप्दै लगेपछि परिवारका सदस्यहरु भरभरको सबै सम्पत्ति बेचेर अमेरिका जान पत्नी र शुभचिन्तकले सल्लाह दिँदा उनले मानेनन् । वाग्लेले भोलि आफू पनि नरहने अवस्थामा बालबच्चा एवं पत्नीलाई सडकमा ल्याउन चाहन्न, बरु यत्तिकै मर्छु भन्ने अडान लिए ।
छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ ।
आफू मर्दैछु भन्ने थाहा पाएपछि आफ्नो शेखपछि छोराछोरीको भविश्य के होला भन्ने चिन्ता उनमा थियो । उनै डाक्टर वाग्लेले दिल्लीमा अस्पतालको बेडमा रहँदा कलिला दुई छोरीलाई सम्बोधन गर्दै चिठी लेखेका थिए । छोरीहरुका हातमै पुग्न नपाई डायरीमा सीमित रहेको उनको चिठी पुस्तकाका रुपमा हामीमाझ आउन लागेको छ ।

डा चित्र प्रसाद वाग्ले शर्मा हस्पिटलको बेड्मा 

स्व. डाक्टर वाग्लेले आफ्ना छोरीहरुलाई पनि डाक्टर नै बनेर गरीब जनताको सेवा गर्ने पिताको अधुरो सपना पूरा गर्न एवं स्वाथ्य क्षेत्रमा बढ्दै गएको धनी र गरीबको खाडल पुर्न सल्लाह दिएका छन् ।
प्रिय छोरी आशिका तथा आरुषि
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
विषेश छोरीहरु अस्पतालको बेडबाट तिमीहरुको सम्झनाले सताएर यो पत्र लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीका पानामा कोरेर व्यक्त गर्ने त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेका छैनन् । नभए यति केजी छ भनेर पठाउँथे । जे होस् तिमीहरुप्रति मेरो माया छ, प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनशीप दिएर राम्रो समाजको राम्रा सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणमा अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो । चाहे त्यो डाक्टर भएर होस्, चाहे त्यो इन्जिनियर भएर वा हाउस वाइफ नै भएर किन नहोस् । तर, दैवको लीला छोरीहरु, तिमीहरुलाई मेरो रोेगबारे त्यति थाहा छैन । जे थाहा छ, आशिकालाई क्यान्सर भएको भन्ने थाहा छ तर, यसको अन्तबारेमा तिमीहरुलाई थाहा छैन । सायद थाहा पाउनु अगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैं सहायता गर्ने तिम्री आमा रहने छिन् । अनि तिम्रा हजुरबाबा र हजुरआमाले साथ दिनेछन् । उहाँहरुको सुझाव र सल्लाह सधैं मान्नू ।
जीवनमा आफ्नो लक्ष्य प्राप्तिमा लागि परेर उद्देश्य पूरा गर्नू । बाबुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैं शिरोधार्य पालना गर्नू । उहाँले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् नानीहरु ….।
नानीहरु, तिमीहरुले एउटा अपाङ्ग बच्चा (भाइ) को पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।
प्रिय छोरीहरु, तिमीहरु आमाको गर्वमा हुँदा मैले पहिले नै तिमीहरु छोरीहरु हौं भन्ने थाहा थियो । यो पुरुष प्रधान देशमा छोराहरु चाहिन्छ, यसलाई गर्भपतन गरा भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमालाई छोरा र छोरीमा कुनै भदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौं, हुर्कायौं । तिमीहरु हाम्रा लागि छोरासरह छौं । छोरा र छोरीप्रति मेरो र तिम्रो आमाको कुनै भेदभाव छैन । एउटा चिन्ता छ कि तिमीहरु यो समाजको उदाहरण कसरी बनाउने बारे, बन्ने बारे ।
अब २–४ वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झै लाग्नेछ, किनकि पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर, उमेर बढ्नेछ, तिमीहरु ठूली हुनेछौ । ८–१० क्लासमा जाँदा तिम्रो पढाइसँगै अन्य कुराहरुमा तिमीहरुको ध्यान जानसक्छ, त्यसैले त्यस समयमा तिमीप्रतिको भावना र सुझाव यस्तो रहनेछः
तिम्रो किशोर अवस्था र वरपरको वातावरण :
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोरी अवस्थामा लैजानेछ, जहाँ तिमीहरुको आवाजदेखि शारीरिक परिर्वतन आउनेछ । तिमीहरुलाई लाजशरम लाग्ने पनि छ । यो परिवर्तनलाई लुकाउन सक्ने छैनौं । यो सँगसँगै तिम्रा भित्रका स्वभावमा परिवर्तन आउनेछन् । केटा केटीप्रति, केटी केटाप्रति आकर्षण बढ्ने समय हो । यो स्वभाविक पनि हो तर, यस उमेरमा बिग्रिएर आफ्नो भविश्य बिगारेका कयौं उदाहरणहरु छन् मसँग । त्यसैले यसबाट सतर्क रहनू ।
यस परिर्वतनमा तिमीहरु बिग्रने छैन । आफ्नो पढाइका साथै चरित्रलाई ख्याल गर्नेछौ । बाबाको इज्जत राख्ने छौं । यही स्कुल अवधिभरिमा पढाइका साथै एक्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रा नृत्य सिक्ने छौं, जो मेरी छोरीहरु नाचेको हेर्न चाहन्छु र चाहन्थें पनि । स्कुलबाट मेरा छोरीहरु साह्रै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थें । सायद यो इच्छा पूरा गराउने छौ ।
तिम्रा भविश्यबारे (मेरा मनका कुरा)
एसएलसी तिमीहरुको आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना तिमीहरु राम्रो अंकका साथमा यो गेटबाट निस्कने छौ ।
तिमीहरुको आफ्नो इच्छा होला, के बन्ने ? जे बन, त्यसमा मेरो केही गुनासो रहने छैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण दिउन् । डाक्टर, इन्जिनियर, पत्रकार वा हाउसवाइफ बन तर, राम्रो बन । तिमी आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि त्यो समाजबाट केही पाउने छैन । त्यसैले असल मान्छे बन्नु ।
एउटा नारी भएकाले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किन, नेपालमा नारी झै पुरुषको दाँजोमा कम नै छ । तर, नानीहरु, म डाक्टर भएकाले त्यो क्षेत्रमा धेरै कठिनाइ भएता पनि इमान्दार भएर काम गर्ने हो भने, जनताको सेवा पनि हुने, इज्जत सम्मान पनि पाइने ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
डाक्टर भएर तिम्रो बाबाका समाज सेवामा अधुरा सपना साकार पार्नेछौ । तिमीहरु दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौ । ता कि तिमीहरुको उपस्थितिमा ती असहायः गरीब तथा सबैथरिका मान्छे खुसी हुनेछन् ।
सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो नानी । यो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । त्यो त मन जितेर लिने कुरा हो । चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
तिम्रो यौवन, विवाह र दाम्पत्य जीवन :
प्रिय छोरी, समयले कसैलाई पर्खेर बस्दैन । समयको दौरान तिमी किशोरी अवस्था पार गरेर युवा अवस्थामा जानेछौ । यो परिर्वतन तिमी, हामीले रोकेर रोकिने छैन । पढाइ सकिएर वा उच्च शिक्षा लिइरहेका बेलामा तिमीहरुको कुनै साथी मन पर्ला, जससँग जीन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवीत भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई अन्यथा तिम्रो बाबाले कहिल्यै पनि लिने थिएन । तर, समय खराब छ, तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ, जसले तिमीलाई बुझ्न सकोस् । तिमीले उसलाई बुझ्न सक । फ्युचर प्लान मिलेको होस्, जहाँ जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सक ।
तिम्रो विवाहको चयन गर्ने अधिकार तिमीहरुको हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु, जसबाट बाँकी जीवन सुखमय होस् ।
हेर न, तिम्रो मम्मी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेको हो । हामीले एकले अर्कालाई खोजेका हौं । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिँन । जे होस्, तिमीहरु पनि हाम्रो च्वाइसमा लिन थोरै ध्यान दिने छौ । साथै परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्ने छैनौ ।
मेरो मतलव, यो होइन कि तिमीहरु आफ्नो मायालाई कुर्वानी दिनू भनेर । इच्छा, चाहना, आकांक्षा अनुसार चल्नू । तिम्रा मनले जे राम्रो मान्छ, त्यसलाई मान्नू । तर, तिम्रो मनले गर्दा समाजलाई अपच हुने कुरा नगर्नू किनकि यो समाजमा बस्नु छ ।
तिमीहरु ठूलो हुने बेलासम्म यो समाज धेरै परिर्वतन भइसक्ने छ । मेरा छोरीहरु, यो समाजको रुढीवादीलाई पछि पार्दै आधुनिक समाजका उदाहरण बन्ने छौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको आफिसमा गएर विवाह गरेका थियौं । दाइजो र जन्ती लगेर ठूलो भतेर गरेका थिएनौं । हाम्रो विवाहमा पार्टी भएको थिएन । तर, त्यो समयको दौरानमा सबै ठीक भएर गयो । हामीले छोरा र छोरीमा भेद गरेनौं, जो तिमीहरुलाई थाहा छ ।
छोरीहरु, यो कुरा मैले किन लेखेको भने यी उमेरसम्म यस धर्तीलाई धेरै अघि छोडिसकेको हुनेछु ।
ल नानीहरु, चिठी यहीँ बन्द गर्न चाहन्छु ।
तिमीहरु मया गर्ने बाबा
दिल्ली, राजीव गान्धी बेडबाट

Comments

Popular posts from this blog

French Foreign Legion IQ Questions With Solutions

 

Sample Reappearing Request Letter To The French Foreign Legion

 Quartier Vienot, 2 Route départementale, B.P. 11 354, 13 784 AUBAGNE, France 22 April 2025 Dear sir, My name is Ashish Ghimire. When I was in the French Foreign Legion camp, my name was changed to Gogal Bishal. I entered into the French Foreign Legion Paris camp on 6th April. On 10th April, we were taken including me from Paris to AUBAGNE. On 17th April, my decision has been made & I wasn’t selected.  I am very keen on being the French Legionnaire & I tried for it very hard as well. I thought I performed well as well while I was in the legionnaire camp. Even if I gave my bones & flesh, I could not be the French legionnaire. I lost my mind for couple of days & I came up with the idea of requesting for second chance. So, I am wholeheartedly requesting for the second chance. I’ll improve everything & reshaping myself I’ll come to be the legionnaire again. That’s my promise. Please, do consider to pursue my dream to be the French foreign legionnaire.  Tha...

French Foreign Legion’s 5 Common Interview Questions With Answers & Interview Facing Tricks

  Choose Your Language  Make Your Position  Make Your Eye Contact  Don’t Be Over Smart & Dumb Speak Audibly  & Follow The Instructions Be Pleasant While Facing Interviews  Answer in A Short & Sweet Way Use Sir Word For Respect  Use Sorry or Pardon word If You Don’t Understand The Questions Say Thank You Whenever Needed  Common Questions  Tell me about yourself or introduce yourself?  What’s your strength & weakness?  Why do you want to be the legionnaire?  If you become the legionnaire, which regiment would like to go?  If you don’t become the legionnaire, what will you do?  Common Questions With Answers  Tell me about yourself or introduce yourself?                                              My Name is Saphal Chamling. I am a           very hardworking, det...