मलाई जिवनमा कुनै सगरमाथा चढ्नु छैन
वस, तिमीलाईनै फेरि जित्नु छ
थाहा छ, त्यो बाटो त्यति सजिलो छैन
तर यहि जुनीमा फेरि तिमीलाई आफ्नो वनाउँनु छ।।
मान्छे हो, मान्छेवाटनै गल्तिहरु हुन्छन्
तिमीलाई सात खुन माफ गरिदिए
मैले तिमी प्रतिको निश्चल प्रेमको लागि
मेरा सवै अहंकारहरुलाई आत्मसमर्पण गरिदिए।
तिमी थियौ, म धेरै खुशी थिए
अहिले तिम्रो यादहरुमा वाचिरहेको छु
जिवन न हो, अगाडि त बढ्नै पर्छ
तर तिम्रो अभाव भने सँधै महसुस गरिरहन्छु।
तिमीसँग मैले देखेको धेरै सपनाहरु छन्
तिमी फर्क, सँगै मिलेर ती सपनाहरु पूरा गर्नुपर्छ
साच्चिकै अझै केहि विग्रिएको छैन
हाम्रो प्रेमलाई यहि जुनीमा सफल वनाउँनुपर्छ।
✍️Saphal Chamling
📍Copenhagen
🗓️04/06/2025
Comments
Post a Comment