Skip to main content

Posts

Showing posts from July, 2023

Announcing My Resignation

  हामीले किरात राई सोसाईटी अफ पोर्चुगलको स्थापना गर्दा, म पनि सस्थापक प्रवक्ता भएर आफ्नो तर्फबाट सक्ने भूमिका निर्वाह गर्ने कोशिस गरे। जस्को मूल्यांकन तपाईहरुले गर्नुनै भएको होला। यधपी, म प्रवक्ताको जीम्वेवारीमा यथावत छु। हाम्रो कार्कालमा सस्था कलिलै भएपनि, नदि छेकेर माछा मार्ने काम गरियो। जुन बिल्कुलै सजिलो भने थिएन। मैले ईङ्गित गर्न खोजेको भनेको, नेपालबाट राजेश पायल राईलाई झिकाएर Valentine Special With Rajesh Payal Rai कार्यक्रम गर्नुथियो। सबैको मेहनतले त्यो कार्यक्रम सोचेभन्दा सफल पनि भएको थियो। उक्त कार्यक्रमको लागि म आफैले ब्यानर, टिकट र परिचय कार्डको डिजाईनिङ गरेको थिए। त्यतिमात्र नभएर, मैलेनै बिभिन्न व्यापारिक एड्भरटिजमेण्टको भीडियोहरु पनि बनाएको थिए। आजको हाम्रो सस्थाको लोगोको डिजाईन पनि मैलेनै गरेको हो। त्यस्तै, सबै पोर्चुगलमा भएका राहरुबिच Keep In Touch गर्ने हेतुले, फेसबुक म्यासेञ्जर ग्रुपपनि मैलेनै क्रियट गरेको हो। त्यसै कार्यक्रममा मेरो जीबनकै पहिलोचोटि, त्यति ठुलो कार्यक्रमको होष्टिङ गर्ने अवसर पनि जुर्यो।  खैर, जे होस्, त्यो कार्यक्रम हाम्रो किरात राई सोसाईटी अफ पोर्चुगल