आज हाम्रो धेरै मन रोएको छ
किनभने, आज आफ्नै घरमा
आफै पाहुना बन्नु परेको छ
हिजो हाम्रै पुर्खाले शरण दिएकाहरुले
नुनको सोझो गर्नुपर्नेमा उल्टै
उनैको धज्जी उडाउँन खोजेका छन्।
हामी प्रकृती पुजकहरु
प्रकृतीलाई माया गरे जस्तै
हामी किराती हुनुमा गर्ब गर्छौ
हाम्रो उधौली र उभौलीहरुमा
किनेमा, चाम्रे र वाचिपा खाँदै
विनायो, मुर्चुङ्गा, ढोल, च्याब्रुङ र झ्याम्टा सँगै
साकेला सिल्लि र केलाङ्मा रमाउँछौ
तर सबैले यति बुझ्न जरुरी छ
किरात भने जाती नभएर
एउटा सभ्याता मात्र हो
जुन ईतिहासले पुष्टि गर्छ
त्यससैलाई हामीले पहिचान गरेर
सम्मान मत्र गर भनेको हो।
सुम्निमा र पारुहाङ हाम्रो शीर हुन् भने
मुन्धुम हाम्रो मुटु हो
हाम्रो आफ्नै भेष, भाषा र लिपि छ
जुन अत्यन्तै मौलिक छ
हाम्रो सस्कार अनुसार
पाहुनाहरुलाई भूँईसोरी सम्मान गर्छौ
हाम्रो आँखा चिम्सो होला
तर हाम्रो हृदय बिशाल छ
त्यसैले, निश्चिन्त रहनुहोस्
किरात प्रदेशमा कसैलाई भेदभाव हुनेछैन।
हाम्रो तीन चुला र सिलाम साक्मा जस्तै हामीलाई
हाम्रो सभ्यता अत्यन्तै प्यारो छ
तर विडम्बना, हाम्रो सस्कृतीमथि
निरन्तर प्रहार हुँदै आयो
त्यसको प्रतिकार गर्न खोज्दा
कयौंले ज्यान गुमउँनुपर्यो
त्यसको कुनै लेखाजोखा छैन
त्यसको प्रतिनिधि उदाहरण मात्रै
रिदमा र राम्लिहाङ राई हुन्
देशको लागि ज्यान दिएका
राम प्रसाद राई र रत्न कुमार वान्तवा शहिद हुन सकेनन्
आज हाम्रो पहिचान लोपोन्मुख अबस्थामा छ
जस्को संरक्षण गर्नु राज्यको दायित्व थियो
तर आश्वसन बाहेक केहि पाएनौं
आज त्यसैको लागि लड्दा
हाम्रो सन्तानहरुप्रती धेरैनै अत्याचार भएको छ
हिजो हामी धेरै सोझो थियौँ
सबैले प्रयोग मात्रै गरिरहे
अब त त्यसको सिमापनि नाघिसकेको छ
त्यसैले, हामी आफ्नो मलामी आफै जानेछैनौं
खुवालुङलाई सबै मिलेर बचाए जसरीनै
पहिचानको लडाइँ कोशीमा सेलाउँन कदापी दिनेछैनौं।
Comments
Post a Comment