Skip to main content

Posts

Showing posts from June, 2023

पहिचानको लडाइँ कोशीमा सेलाउँन कदापी दिनेछैनौं

  आज हाम्रो धेरै मन रोएको छ  किनभने, आज आफ्नै घरमा  आफै पाहुना बन्नु परेको छ हिजो हाम्रै पुर्खाले शरण दिएकाहरुले  नुनको सोझो गर्नुपर्नेमा उल्टै उनैको धज्जी उडाउँन खोजेका छन्।  हामी प्रकृती पुजकहरु  प्रकृतीलाई माया गरे जस्तै हामी किराती हुनुमा गर्ब गर्छौ हाम्रो उधौली र उभौलीहरुमा  किनेमा, चाम्रे र वाचिपा खाँदै विनायो, मुर्चुङ्गा, ढोल, च्याब्रुङ र झ्याम्टा सँगै साकेला सिल्लि र केलाङ्मा रमाउँछौ तर सबैले यति बुझ्न जरुरी छ किरात भने जाती नभएर एउटा सभ्याता मात्र हो जुन ईतिहासले पुष्टि गर्छ त्यससैलाई हामीले पहिचान गरेर सम्मान मत्र गर भनेको हो।  सुम्निमा र पारुहाङ हाम्रो शीर हुन् भने मुन्धुम हाम्रो मुटु हो हाम्रो आफ्नै भेष, भाषा र लिपि छ जुन अत्यन्तै मौलिक छ हाम्रो सस्कार अनुसार पाहुनाहरुलाई भूँईसोरी सम्मान गर्छौ हाम्रो आँखा चिम्सो होला तर हाम्रो हृदय बिशाल छ त्यसैले, निश्चिन्त रहनुहोस् किरात प्रदेशमा कसैलाई भेदभाव हुनेछैन।  हाम्रो तीन चुला र सिलाम साक्मा जस्तै हामीलाई हाम्रो सभ्यता अत्यन्तै प्यारो छ तर विडम्बना, हाम्रो सस्कृतीमथि निरन्तर प्रहार हुँदै आयो त्यसको प्रतिकार गर्न खोज्दा कयौंले ज्य