Skip to main content

True Love Never Dies


मेरो कोकु कोपा भन्दा दुई बर्ष अगाडि खस्नुभयो। कोकु खस्नुभएपछि सायद कोपालाई साह्रै कोकुको न्यास्रो लाग्थ्यो क्यारे। त्यसैले कोपा भित्तामा आर्ट गरेर राखेको फोटो हेरेर रुनुहुन्थ्यो रे। सँगै जीउँने क्रममा सँधै राम्रो त कहाँ हुन्छ र, कोपा कडा स्वाभाबको हुनुहुन्थ्यो, कोपाबाट पनि कैयौं गल्तिहरु भए होलान्, तर माया भने कोकुप्रति चोखो गर्नुभएछ। दुनियाँले बहु बिबाह गरे, तर मेरो कोपाले कोकुसँगै जीवन बिताउँनुभयो। सायद, त्यस्तो सोच्नुपनि भएन होला। त्यहि बेलामा पढ्न र लेख्न राम्रो जान्नु भएको र उहाँको ठुलो नाम पनि थियो। त्यसैले भन्छन्, चोखो माया कहिल्यै मर्दैन। सँधै अजर र अमर रहन्छ। लाग्छ, उहाँहरुको जोडी स्वर्गमा पनि जमिनै रहेको होला। यो तस्बिरले पनि मेरो कोपा र कोकुको याद दिलायो।

Comments