पुज्यनिय पातिपो राम प्रसाद चाम्लिङ र मातिपो सावित्री चाम्लिङको जन्म वि.स. १९९५ /४/१८ गते बुधबार र वि.स. १९९७/११/१७ अनुसार आज पर्न गएको ८४औं र ८३औं जन्मोत्सब बिशेष किराँती परम्परा अनुसार धुमधाम सु-सम्पन्न गरियो। उहाँहरुलाई यो पावन अवसरमा सुम्निमा र पारुहाङ्गले अझ धेरै आशिर्बाद प्रदान गर्नुहुने छ भन्ने आशा उाख्दै, आउँने जन्मोत्सबहरु पनि यसरिनै धुमधामसँग मनाउँन पाईयोस, हाम्रो यहि प्रार्थना रशुभेक्षा रहेको छ।
कोपा र कोकु अनि हाम्रो आपा र आमा सम्मानको पातिपो र मातिपोलाई सेवा ढोग। पातिपो मातिपोको यसरीनै ८४ बर्षको जन्मदिन मात्र होइन, १०० औं जन्म दिन पनि मनाउँन पाईयोस। बिशेषगरी, पातिपो चाडै निको भएको देख्न र सुन्न पाउँ, भगवानसँग यहि प्रार्थना गर्छु। हजुरहरुको आशिर्बाद र माया सँधै यसरीनै पाईरहु। अरु त के भन्नु हजुरहरुलाई, म सानो मान्छेले शुभकामना दिन पनि सुहाउँदैन होला। जे होस हामी हजुरहरुले दिनुभएको माया र आशिर्बाद प्रति सँधैनै नतमस्तक छौं। हामी त खै ८४ वर्षसम्म बाचिन्छ या बाचिन्दैन तर हजररुको ८४ बर्षको जन्मदिन मनाउँनु भएको फोटो देख्दा भाव बिभोरकासाथ धेरै हर्षित भएको छु। अरु त खै केहिपनि भन्ने शब्दहरु छैन मसँग, तर हजुरहरु हाम्रो लागि साक्षत भगवानहरु हुनुहुन्छ। हजुरहरु प्रति हाम्रो सँधै सम्मान।
Comments
Post a Comment