यी तीनैजना संसारलाईनै हल्लाउँने ब्याक्तित्वहरु स्टिभ जब्स, ज्याक मा र लियोनेल मेसी मेरो फेमेलीदेखि बाहेका मेरो ठुला आईडलहरु हुन्। म यी तीनैजना ब्याक्तित्वहरुबाट धैरैनै प्रभावित छु। यी तीनै ब्याक्तित्वहरु साह्रै साधरण परिवारमा जन्मिएकाहरु हुन्। यीनीहरुले जीबनमा धेरैनै संघर्ष गरेर आज संसारले चिन्ने ब्याक्तित्वहरु बन्न सफल भएका छन्। संसारमा जतिपनि मान्छेहरुले ठुला ठुला सफलताहरु हात पारेका छन्, तीनीहरु प्राय सबै साधरण परिवारमानै जन्मिएका मान्छेहरु हुन्छन्। तीनीहरुले आफ्नो जीबनमा धेरैनै उतरचढावहरु भोगेका हुन्छन्, तर तीनीहरुले कहिल्यै हार भने खादैनन्। त्यसैले, तपाईहरु पनि कहिल्यै हिम्मत नहार्नुहोस्। मान्छेको उचाई आकासमा कति माथि पुग्यो भनेर होईन, उस्ले जीबनमा लडेर कतिचोटि उठ्योबाट मापन गरिन्छ। यहिनै सफलताको कडि पनि हो। सबैको जय होस।
Informative & reliable



Comments
Post a Comment