सेप्टेम्बर २० तारिखको दिन, लिस्बनबाट दुबई यात्राको क्रममा, प्लेनभित्र रचित गीत। (Air Emirates)
केबल तिमी साथ भए पुग्छ
चाहिन्दैन मलाई संसारको सुख
तिम्रो एक मुस्कान भए पुग्छ।
तिमी साथ हुँदा, यस्तो लाग्छ मलाई
म एकदिन यो संसारै जीत्न सक्छु
तिम्रो अंगालोमा हुँदा, यस्तो लाग्छ मलाई
मेरो दुनियाँ तिमी भित्रै महसुस गर्छु।
तिमीसँग यसरी म जीउन चाहान्छु
यो हाम्रो जीवन पनि छोटो लागोस
बरु घाम पानि दुबै मिलेर सहौंला
तिमीसँगको हरेक पल मिठो बनोस।
Comments
Post a Comment