जहापना! हजुरलाई माने मैले
हजरको सधै भलो चाहाने मान्छे
म
हजुर त एउटै ओछ्यान शेयर गरेर
मैले रानी बनाउने सपना देखे पनि
हजुर त सधै खरानी बनाउने सोच्नुहुदो रहेछ
हो, मैले माने हजुरको अबतारलाई।
म आफूलाई खुब बाठो सम्झन्थे
हजुरको अगाडि म केवल मैनबत्ती साबित बने
हजुरले कति मजाले मलाई थाङ्नामा सुताईस्यो है
म कसो हजुरको चालमा सहिद नबनेको
हजुरको त पत्थरले बनेको हृदय रहेछ
म पग्लिन्छकी भनेर पर्खिरहे
दिनहरु ढल्दै नया दिनहरु आगमन भैरहे
तर हजुर एउटै रितुमा रमाईस्सि रहनुभयो
जहापना! हजुरको जय होस!
आखिर चोटको आकार जत्रो भएपनी
बिस्तारै खाटा बस्दोनै रहेछ
यधपी त्यसको खत भने रहिरहने
म पनि हजुरको बियोगमा बिक्षिप्तै बने
तर स्विकार्न बाहेक अरु विकल्प थिएन
तर बिस्तारै नर्मल हुदैछु
अब हजुर बिना पनि बाच्न सक्छु
त्यो साहस पाएको छु
यो सुसाईडल अनुभबको लागि हजुरलाई
धन्यवाद
हजुरको म सधै राम्रो चाहान्छु।
Comments
Post a Comment