घर माथिको देबिथानको कसम
आमाको आत्माको शान्तिको लागि भएपनि
हामीले जसरी पनि गरि खानैपर्छ
किनभने आमाको मृत्य पूर्ब
यहि एउटा घिडघिडो थियो।
जब तिमीलाई उपचार गर्न शहर लगिन्दै थियो
अगिल्लो दिन घरको झ्यालनिर बसेर सँगै रोयौ
भोलिपल्ट तिमीलाई डोकोमा बोकेर लगियो
तल टार निर पुगेर घरतिर फर्केर मायाले हेर्यौ
सायद तिमीलाई मनमा अनायासै लाग्यो होला
भाग्यले फेरि यो घर फर्कने मौका देला नदेला।
जाति भएपछि धेरैकुरा गर्छु भन्थ्यौ
तर त्यसको काबिल धामी र वैध दुबै बन्न सकेनन्
तुम्बेवानेर तिन तारा नपुग्दै उठ्ने मान्छे
रोगको असहिय पिडा बोकेर बाच्न बाध्य बन्यौ
तिमीसँगै हाम्रो घर पनि बिरामी भयो
हाम्रो खुशी फेरि फर्कन सकेन।
काखमा दुधे बालकसँगै अन्योलयतामा बाँच्नुपर्दा
तिमीलाई लाग्थ्यो होला यीनीहरुले के गरेर खालान्
यदि म केहिगरी भोली मरिहाले भने
तिमीलाई रोग भन्दा पनि शोक ठुलो थियो आमा
त्यसैले तल सावाँ र छरुङ्गाको कसम
तिम्रो आत्माको शान्तिको लागि भएपनी
हामीले जसरी पनि गरी खानैपर्छ।
Comments
Post a Comment