Skip to main content

किरातीहरुले पढ्नैपर्ने एक किराती पौराणिक लोक कथा


 ( तायामा- खियामा- हेछाकुप्पा )

टुहुरो हेछाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले ।
जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले खोक्ली साक्कीलाई पाताल भसाई । गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तीतो बनाई । त्यसपछि दिदीहरूले ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो ।
दिदीहरू बुचुकुलकुमा लोहोरो उसिनी राखेर खानेकुरा खोज्न ठाढा गए । हेछाकुप्पा खाने कुरा पाक्दै छ भन्ने सम्झदै र लोहोरोलाई छाम्दै निकै समय पर्खेर बस्यो । जति पर्खदा पनि नपाकेको देखेर ऊ निराश भएर भोकले लड्यो । लड्दा तातो पानी उसको जीउमा प¥यो । भोक, निराश र तातो पानीले ऊ मरेझै बेहोश भयो ।
दिनभर तायामा र खियामाल जङ्गलमा खानेकुरा खोज्दा खोज्दा केही पाएनन् । बल्ल बल्ल बनकेरा भेट्टाएका थिए । बेलुका उनीहरूले भाई हेछाकुप्पा मरेको पाए र ज्यादै दुःखी भए ।
तायामा र खियामाले हेछाकुप्पालाई बाहु र केराको पातमाथि राखेर चिहानमा राखे । भाईको शरिरछेउ कर्द र एक कोसा केरा राखि दिए । उनीहरूले भाईको नाममा एक एकवटा पूmल रोपेर छुट्टिने सल्लाह गरे ।
दिदी बहिनी आपूmले रोपेको पूmल बेलामौका हेर्न आउने र त्यसैबाट आफ्नो अवस्था थाहा पाउने सल्लाह गरि रुन थाले । तायामाको आँखाबाट बगेको आँसुले रावाखोला र खियामाको आँखाबाट बगेको आँसुले तावाखोला बन्यो रे । उनीहरूले नेवालाककला डाँडामा पुगेर चरा बनी उडेर जाने सल्लाह गरे ।
तायामा डाँडाको टुप्पामा पहिले पुगेर धेरैे दिन पर्खदा पनि बहिनी खियामा आइ पुगिनन्् । केही भयो कि भन्ने शङ्का गरेर तायामा भाईको चिहानसम्म खोज्दै पुगिन् । चिहानमा खियामाले रोपेको पूmल ओइलाएको देखेर तायामालाई केही नराम्रो भएको शङ्का लाग्यो र बहिनीलाई बाटो, जङ्गल सबतिर खोज्न थालिन् ।
“ए रुख ! खियामा कहाँ छिन् ?” रुखले थाहा नभएको कुरा बतायो । ढुङ्गालाई सोध्दा ढुङ्गा बोलेन । जङ्गलमा होङ्ग्रायोलाई भेटेर तायामाले सोधिन्— “ए होङ्ग्रायो, खियामा कहाँ छे ?’’


होङ्ग्रायो केही बोलेन । तायामाले जिद्दी गरेर सोद्धा होङ्ग्रायो हाँस्यो । हाँस्दा होङ्ग्रायोको मुखभित्र खियामाको केश तायामाले देख्यो । केर्दाकेर्दा होङ्ग्रायोले खियामालाई मारेर खाएको स्विका¥यो ।
“त्यसो भए बहिनीको हाडहरू कहाँ छ ?” भनेर तायामाले सोद्धा रुखको टोडका देखायो । तायामाले बहिनीको हाडखोरहरू जम्मा गरेर लगिन् । नेवालककला डाँडामा पुगेपछि हाडखोरलाई तेलले भिजाइन् र खरानीपानीसँग बाँसको ढुङ्ग्रोमा राखि दिइन् । बहिनीको हाडखोर राखेपछि मुन्धुम र रसिया गाउँदै गाउँदै तायामाले तान बुन्न थालिन् । तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन् । जति जति अनुहारको बुट्टा तानमा बनिन्थ्यो, उता खियामाको अनुहार र शरिर हाडखोरमा त्यसै गरी बन्न लाग्यो । तायामाले केही दिनमा तानमा खियामाको अनुहार र शरिर बुनिसक्दा होङ्ग्रायोले खाएको खियामा बिउतिन् ।
त्यसपछि तायामा र खियामाले भाइृको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले । एकोहोरो गाउँदा गाउँदै उनीहरू चरा बने । चरा बनेकी तायामा उत्तर लागिन् र हिमालछेउ युच्छुबुङ पूmल भएर फुल्न थालिन् । बहिनी खियामा दक्षिण्तिर मधेश पुगेर गोआबुङ बनेर फुल्न थालिन् । यसरी तायामा र खियामा मानिस नभएर कहिले चरा कहिले पूmल भएर फुल्न थाले । भनिन्छ, असोज महिनातिर लाम्कुचेप्पा झरी परेको बेला युच्छुबुङ पूmल मधेश झर्छिन् । युच्छुबुङ पूmल र गोआबुङ पूmलहरू विगत र भाई हेछाकुप्पाको सम्झना गरेर धेरै धेरै रुन्छन् रे । युच्छुबुङ र गोआबुङको मिलन हुने बेलामा रावाखोला र तावाखोलामा पनि अन्तिम भेल बग्छ रे ।
तायामा र खियामा नेवालाककला डाँडा गए पछि हेछाकुप्पा चिहानबाट बौरियो । बौरिदा एक कोसा केरा र कर्द बाहेक अन्य केही पाएन । उसलाइृ भोक लागेको थियो । ऊ चिहानबाट उठेर केरा र कर्द लिएर निस्कियो । बाहिर निस्किए पछि केरालाई कर्द देखाउदै भन्यो— “ए केरा ! बोट हुन्छस् कि यही कर्दले काटौ ?”
हेछाकुप्पाको कुरा सुने पछि केराको कोसा केराको बोट भयो । आफ्नो कुरा मान्ने रहेछ भन्ने लागे पछि उसले फेरि भन्यो— “ए केराको बोट, छिटो पसा, नत्र यही कर्दले छिनाइ दिउला ।”
छिनभरमै केराको बोट पसायो । केराको बोटमा चढेर हेछाकुप्पाले भन्यो— “ए पसाको केरा, छिटो पाक् नत्र यही कर्दले छिनाइ दिउला ।” पसाको केरा तत्कालै पाक्यो । ऊ खुट्टा हल्लाइहल्लाइ केरा खान थाल्यो । जति खाए पनि केरा पसाएको पसाएकै गर्न थाल्यो । हेछाकुप्पा केरा खाइरहेको बेला चाक्लुङधिमा आइपुगी ।
“ए हेछाकुप्पा, मलाई पनि केरा देऊ न ।” उसले केरा टिपेर चाक्लुङधिमालाइृ दियो । यही मौका पारेर चाक्लुङधिमाले हेछाकुप्पालाई हात समाती तानी झा¥यो र थुन्सेमा राखेर घरतिर लाग्यो । बाटोमा थुन्से बिसाएर चाक्लुङधिमा दिशा गर्न गई । यही मौकामा हेछाकुप्पा थुन्सेमा ढुङ्गा राखि भाग्यो । घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङधिमा फेरि केराको बोट भएको ठाउँ पुगी । त्यहाँ हेछाकुप्पा खुट्टा हल्लाईहल्लाई केरा खाइरहेको थियो ।
“ए बाबु मलाई पनि केरा देऊ न ।” चाक्लुङधिमाको कुरा सुनेपछि हेछाकुप्पाले भन्यो— “तँ राक्षसनीलाई दिन्नँ ।”
“त्यसो नभन न । म भोकले मर्न आँटे ।” चाक्लुङधिमाले आँसु खसाई । केटाकेटीको मन न हो, पग्ल्यो र एक कोसा केरा भुँइमा फ्याकि दियो । चाक्लुङधिमाले भुँइमा झरेको केरा खान मानिन ।
“हेर बाबु, भुँइमा झरेको खाने कुरा म कहिल्यै खान्नँ । हातैले देऊ न ।”
“निकै बाठी हुन खोज्छेस् । फेरि समातेर लैजाउला भन्दी होस् ।” हेछाकुप्पाको कुरा सुनेपछि चाकलुङधिमाले भनी—“तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ न ।” हेछाकुप्पाले खुट्टामा केरा राखेर दिदा चाकलुङधिमाले समातेर उसलाई घर पु¥यायो । घरमा छोरीलाई बोलाएर भनी— “ए श्रीथुङमा, मीठो शिकार ल्याएको छु । पकुवा बनाउनु । म तेरा मामाहरूलाई बोलाएर ल्याउछु ।” चाकलुङधिमा माइतीघरतिर लागी ।
श्रीथुङमाले खडकुलोमा पानी उमाल्न थाली । खुकुरी ल्याएर हेछाकुप्पालाई थुन्सेबाट निकाली मार्न लाग्दा हेछाकुप्पाको घुङरिएको केश देखेर सोधी— “ए केटा, कसरी तेरो यति राम्रो केश भयो हँ ।” हेछाकुप्पाले आपूm उम्कने यही मौका हो भन्ने सोचेर भन्यो— “ उम्लिएको तेल टाउकोमा खन्याउनु पर्छ । यस्तो भइहाल्छ नि ।”
दुवैले मिलेर तेल उमाले । श्रीथुङमा पिरामा बसी । भकभक उम्लिएको तेल हेछाकुप्पाले श्रीथुङमाको तालुमा खनाइ दियो । श्रीथुङमा तत्कालै मरी ।


हेछाकुप्पाले श्रीथुङमाको कपडा ओड्यो । श्रीथुङमाको लाश टुक्रा टुक्रा पारेर मासु पकायो । चाकलुङधिमा माइतीहरूलाई लिएर आइपुगी । उसले श्रीथुङमालाई बोलायो । तलामाथिबाट हेछाकुप्पा श्रीथुङमाकोजस्तो स्वर बनाएर बोल्यो ।
चाकलुङधिमा ढोकाछेउको डुँडको रगत पिएर मात्यो । माइतीहरूलाई मासु खान दियो । माइतीहरूपनि मासुले मात्न थाले । केही बेरपछि माइतीहरू आफ्ना घर गए । चाकलुङधिमा भने मातेर सुत्यो । यही मौकामा बदला लिन प¥यो भन्ने सोचेर हेछाकुप्पा केश कोर्ने थाँक्रो, कोदोको पिठो र अण्डा गोजीमा राखेर चाकलुङधिमाको आँखामा खोटो लगाई घरको धुरीमा चढ्यो र कराईकराई भन्न थाल्यो— “छाओ सा चाकाबा (छोरीको मासु खाने ), छाओ सा चाकाबा ।”
यो सुनेर चाकलुङधिमालाई छोरीको मासु खाएको शङ्का लाग्यो र आँखा खोल्न खोज्यो । आँखा खोलिएन । उसले कोङबीले आँखा ताछी, आँखा खोलियो तर दुवै आँखाबाट रगत बग्न थाल्यो । चाकलुङधिमालाई रिस उठ्यो र हेछाकुप्पालाई खान धुरी चढी । हेछाकुप्पा उसलाई जिस्काउदै हाम फाल्यो र भाग्यो । चाकलुङधिमा लखेट्न थाली ।
हेछाकुप्पालाई चाकलुङधिमाले भेट्न भेट्न आटेको बेला केश कोर्ने थाँक्रो उसले फ्याकि दियो । थाँक्रो घनघोर जङ्गल भयो । यही मौकामा हेछाकुप्पा धेरै पर पुग्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । धेरै दिनपछि चाकलुङधिमाले भेट्न भेट्न आँटी । हेछाकुप्पाले कोदोका पीठो फ्याकि दियो । कोदोका पीठो सुस्सु कुहिरो भयो । हुस्सु कुहिरोभित्र चाकलुङधिमा अलमलिइ रही । हेछाकुप्पा भागेर टाढा पुग्यो । चाकलुङधिमालाई त्यो सुस्सु कुहिरो छिचोल्न सात रात सात दिन लाग्यो ।
सात दिन पछि चाकलुङधिमा हेछाकुप्पा भए ठाउँ आइपुगी । हेछाकुप्पा भाग्न थाल्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । फेरि पनि भेट्न भेट्न आँटी । यही समयमा हेछाकुप्पाले अण्डा गोजीबाट निकालेर चाकलुङधिमापट्टि फर्काएर फुटायो । फुटेको अण्डाबाट सुनकोशी बन्यो । अब हेछाकुप्पा सुनकोशी पारि, चाकलुङधिमा सुनकोशी वारि भए । पारिबाट हेछाकुप्पाले जिस्काउदै भन्यो—“छाओ सा चाकाबा, छाओ सा चाकाबा ।”
रिसको झोकमा चाकलुङधिमाले ग्वाम्ल्याङ्ग सुनकोशीमा हाम फाली । सुनकोशीले उसलाई बगाएर लग्यो । हेछाकुप्पाले बल्ल सन्चोको स्वास फे¥यो ।
चाकलुङधिमालाई बगाएपछि हेछाकुप्पा बाटो खोज्दै खोज्दै आफ्नो घर गयो । घरमा कोही थिएन । ऊ अब एक्लै बस्न थाल्यो । कहिले माछा मार्न कहिले शिकार खेल्न जान्थ्यो । मारेर ल्याएको माछा शिकार एक्लै खान्थ्यो ।
एक दिन हेछाकुप्पा माछा मार्न जाल लिएर खोला गयो । उसले खोलामा जति पल्ट जाल हान्दा पनि एउटा चिल्लो ढुङ्गा मात्र पथ्र्याै । जीत पल्ट हान्दा पनि एउटै माछा नपर्नु र खाली उही एउटै ढुङ्गा मात्र पर्नुले हेछाकुप्पा छक्क प¥यो । जति पल्ट फ्याकि दिए पनि उही ढुङ्गा परेपछि त्यस ढुङ्गालाई फुर्लुङ्गमा राखेर घर ल्यायो र चुल्लाको माथिल्लो भारमा राख्यो ।
अघिल्लो दिन माछा नपरेकोले भोलिपल्ट हेछाकुप्पा शिकार खेल्न गयो । शिकार मारेर घर आउँदा भातभान्सा सबै ठीक पारेर राखेको पायो । हेछाकुप्पालाई अचम्म लाग्यो । उसले सम्झ्यो कोही आएर तयार पारि दिएको होला । तर दिनदिनै हेछाकुप्पा शिकार खेलेर वा माछा मारेर आउँदा उसको घरधन्दा सबै ठीकठाक हुन्थ्यो । घरमा यस्तो पाएपछि उसले सोध्यो— “यसरी मेरो घरमा काम गर्ने को हो ?”
कोठेबारीमा जङ्गलबाट आएको बादरनी बुढीले यो सुनेर बसीबसी खान पाइने आशामा जवाफ दिइृ— “मैले हजुर ।”
हेछाकुप्पाले बादरनीलाई घरमा बस्ने अनुमति दियो । हेछाकुप्पा सधै झैँ जङ्गल र खोला जान थाल्यो । घरमा बसेकी बादरनीले कोठेबारीमा बसेर घरभित्र कसले घरधन्दा गर्दो रहेछ भन्ने चियो गर्न थाली । यसरी चियो गर्दा उसले भारबाट ढुङ्गा खसेको देखी । केही छिनमा त्यो ढुङ्गाबाट उसै उसै राम्री केटी बनेको र त्यस केटीले घरको सबै धन्दाहरू एकै छिनमा सिध्दाई फेरि उही ढुङ्गा भई भारमाथि गएको देखी ।
बेलुका हेछाकुप्पा घर आएपछि बादरनीले सबै कुरा भनी । अब हेछाकुप्पाले बादरनीलाई सोध्यो— “उसो भए उपाय बताऊ , अब कसरी उसलाई पक्रने ?”
“भोलि शिकार खेल्न गएजस्तो गरी मान्द्रोले बेरिएर कुनामा लुक्नुहोस । म सदाजस्तै कोठेबारी जान्छु । त्यही बेला ढुङ्गा खसेर केटी बन्छे र भान्साको काम गर्न थाल्छे । यसै बेला पछाडिबाट पक्रनुहोस् ।” बादरनी बुढीको कुरा हेछाकुप्पालाई मन प¥यो ।
भोलि हेछाकुप्पा शिकार खेल्न गएजस्तो गरेर मान्द्रोले बेरिएर कुनामा लुक्यो । बादरनी कोठेबारी चर्न गई । यही मौकामा भारबाट ढुङ्गा झ¥यो । केही बेरमै ढुङ्गाबाट केटी बन्यो र सदाझै काम गर्न थाली । यही मौकामा हेछाकुप्पालले केटीको कम्बरमा पछाडिबाट पक्रियो । यसरी पक्रिदा केटी झस्कि र भन्न थाली— “लेवा खासाङ्गने (छोड्नुहोस् ) ।”
हेछाकुप्पा केटीलाई हेरेको हेरै भयो । केटी असाध्य राम्री थिई । उसले केटीलाई छोड्दै छोडेन । केटी एकोहोरो भन्दै थिई— “लेवा खासाङ्गने ।”
“तिमी को हौ ?”
“म रिनाह्वा ह‘ु । छोड्नुहोस् भन्या । मेरो कम्बर दुखिरहेछ । तपाई‘ले जालबाट निकाल्दै फाल्नु भएकोले मेरो सबै जीउ दुखेको दुख्यै छ ।” त्यसपछि प्रेमपूर्वक रिनाह्वालाई छोडि दियो । हेछाकुप्पाले छोएको हु‘दा रिनाह्वा फेरि ढुङ्गा हुन सकिन ।
हेछाकुप्पाले रिनाह्वालाई मन परायो भने रिनाह्वाले पनि हेछाकुप्पालाई मन पराई । दुवैले मन परापर गरेको थाहा पाएपछि बादरनीले घरजम गर्ने सल्लाह दिई । दुवै स‘गस‘गै बस्न थाले । रहदा बस्दा रिनाह्वाले छोरा पाई ।
हेछाकुप्पाले अर्को घर बनाउने विचार ग¥यो । हेछाकुप्पाले जग बनाउन थाल्यो र रिनाह्वालाई मूल थाम काट्न पठायो । रिनाह्वाले कस्तो खॉबो ल्याउने भनेर सोधिन् । हेछाकुप्पाले माछाको वा चिबेको पुच्छरजस्तो ल्याउनु भन्यो ।
रिनाह्वाले खॉबो ल्याइन् । हेछाकुप्पाले घरको जग तयार पारी सिद्धायो । खॉबो राख्ने दुलोमा खॉबो गाड्दा दुलोभित्र पस्दै पसेन । यसो किन भयो भनेर हेर्दा दुलोभित्र आफ्नो छोरा पसेर मरिसकेको रहेछ ।
हेछाकुप्पा र रिनाह्वालाई पीर प¥यो । उनीहरूले अपसगुन किन भयो भन्नेबारे मामालाई सोध्ने निधो गरे । रिनाह्वाको सल्लाह अनुसार हेछाकुप्पा कुखुराको भाले चढेर मावली गयो ।

हेछाकुप्पा मावली घर पुग्दा सुनकोशीले बगाएको चाकलुङधिमा नोकर्नी भएर काम गरिरहेकी रहिछ । उसले मामाहरूलाई चाकलुङधिमा राक्षसनी भएको कुरा बतायो । मामाहरूले उसलाई खाजाको पोको दिएर घरबाट निकालिदिए ।
चाकलुङधिमा रु‘दैरु‘दै गई । बाटामा उसलाई भोक लाग्यो । उसले खाजा पोकोबाट निकाली । खाजाबाट एकाएक बाघ, भालु, सिंहजस्ता जनावरहरू निस्किए र चाकलुङधिमालाई खाइ मा¥यो । चाकलुङधिमाको भुइ‘मा झरेको रगतबाट भुसुना, लामखुट्टे, उपियॉ, जुकाजस्ता किराहरू बने । यसभन्दा अगाडि यस्ता किराहरू थिएनन् । राक्षसनीको रगतबाट बनेको हु‘दा नै यी किराहरूले मानिसको रगत खान थालेका हुन् भनिन्छ ।
हेछाकुप्पाले मामाहरूलाई आफ्नो छोरा मरेको कुरा सुनायो । मामाहरूले विवाहको विधि नपु¥याई छोरा जन्मिएको हु‘दा त्यसो भएको हो । त्यसैले पहिला विधिपूर्वक विवाह गर्नू भनी सल्लाह दिए ।
मामाहरूबाट यो सल्लाह पाएपछि हेछाकुप्पाले घर फर्किने विचार ग¥यो । फर्कन लाग्दा उसलाई मामाहरूले खाजाको पोका दिए । ऊ कुखुराको भाले चढेर घर फर्कियो । बाटामा खाजा खान उसले पोका खोल्यो । त्यहॉ खाजाको ठाउ‘मा अपार धनसम्पत्ति थियो । त्यो धनसम्पत्ति लिएर हेछाकुप्पा घर फर्कियो ।
हेछाकुप्पाले सबैकुरा रिनाह्वालाई बतायो । त्यसपछि मामाहरूको सल्लाह अनुसार उनीहरूको विवाह हुने भयो । भनिन्छ, त्यसै समयदेखि किरातहरूको विवाहमा मावलीहरूको सरसहयोगको भुमिका हुन थालेको हो रे ।
हेछाकुप्पाले दिदीहरू तायामा र खियामालाई पनि सम्झियो । उनीहरू अवश्य जिउ‘दै हुनुपर्छ भन्ने लागेर हेछाकुप्पाले लोलोवेङमालाई चारैतिर खबर गर्न पठायो । तर लोलोवेङमाले खबर ल्याउन सकेन । त्यसपछि यो कामको जिम्मा पनि भालेलाई नै दियो । कुखुराको भाले नेवालाककला डॉडामा पुगेर उत्तर र दक्षिण फर्किएर बास्न थाल्यो ।
“हेछाकुप्पाया लामियान्, बुत्तियाङ ( हेछाकुप्पाले खोज्दैछन्, बोलाउदैछन् )।” उत्तर हिमालछेउ युच्छुबुङ भएकी तायामाले र मधेसमा गोआबुङ भएकी खियामाले भालेको स्वर सुने । पूmल भएका तायामा र खियामा भालेको स्वर सुनेपछि चरा भएर नेवालाककला डॉडामा आए ।
उनीहरू आएको देखेपछि भाले अगाडि अगाडि बास्दै बास्दै र पछि पछि चरा भएका तायामा र खियामा उड्दै उड्दै हेछाकुप्पाको घरमा आए ।
म¥यो भनेर चिहानमा गाडेको भाईको विवाह हुने देखेर तायामा र खियामा खुशीले रुन थाले । हेछाकुप्पाले उनीहरूलाई घरभित्र आउन बोलाए । तर दिदीहरू चरा बनिसकेकोले घरभित्र आउन मानेनन् । माइती हेछाकुप्पाले चेलीहरूको लागि विशेष सत्कारपूर्वक कटेरा बनाइदियो । भनिन्छ त्यसै समयदेखि किरातहरूको विवाहमा छोरीचेलीहरूलाई विशेष सम्मानसाथ बाहिर राखिएको रे ।
हेछाकुप्पाको विवाहमा मावलीहरूले सरसल्लाह र धनसम्पत्ति दिएर मद्दत गरे । विवाह धुमधामस‘ग सम्पन्न भयो । विवाहपछि सबै घर गए । तायामा र खियामा पनि माईतीको विवाहपछि कहिल्यै नआउने गरी उडेर आ–आफ्नो ठाउ‘ गए । भनिन्छ, यसै समयदेखि उनीहरू फेरि कहिल्यै हेछाकुप्पाकोमा आएनन् ।
हेछाकुप्पा र रिनाह्वाको जीवन आनन्दपूर्वक बित्यो । उनीह्रू धनसम्पत्ति र मानप्रतिष्ठाले भरिपूर्ण भए । भनिन्छ, यो पृथ्वीमा हेछाकुप्पाले अनन्त समयसम्म प्रतिष्ठापूर्वक शासन गरिरहे रे ।

शव्दार्थ
खोक्ली साक्की = बन तरुल
बुचुकुलुक = सानो माटोको भाँडा
बाहु = बाँस
कोङवी = खुर्पा

Comments

Popular posts from this blog

French Foreign Legion IQ Questions With Solutions

French Foreign Legion IQ Test Questions With Answers  Gate IQ Test Questions - 9  Blue Zone IQ Test Picture series Test - 24 Eagle View (Psychometric Test) - 24 Matrix Test - 20  

French Foreign Legion Common Interview Questions With Appropriate Answers

  French Foreign Legion Interview Facing Techniques 1. Choose Your Language 2. Make Your Position 3. Make Your Eye Contact 4. Don't Be Over Smart & Dumb 5. Speak Audibly & Follow The Instructions 6. Be Pleasant While Facing Interviews 7. Answer in A Short & Sweet Way 8. Use Sir Word For Respect 9. Use Sorry or Pardon word If You Don't Understand The Questions 10. Say Thank You Whenever Needed What attracts you To Join In French Foreign Legion? Its reputation (popularity, history & dream job) Its attractive career ( best training, handsome salary, opportunities to go forward & adventurous job)  It’s very safe & stable ( long term career, family facilities & pension)  If you won’t become the French Foreign Legionnaire, what would you do? I am here to be the French Legionnaire & I haven’t thought anything about it. I have given my bones & flesh for it. So, my main focus is still to be the Legionnaire. If I don’t succeed in the Legionnaire,...

Sample Reappearing Request Letter To The French Foreign Legion

 Quartier Vienot, 2 Route départementale, B.P. 11 354, 13 784 AUBAGNE, France 22 April 2025 Dear sir, My name is Ashish Ghimire. When I was in the French Foreign Legion camp, my name was changed to Gogal Bishal. I entered into the French Foreign Legion Paris camp on 6th April. On 10th April, we were taken including me from Paris to AUBAGNE. On 17th April, my decision has been made & I wasn’t selected.  I am very keen on being the French Legionnaire & I tried for it very hard as well. I thought I performed well as well while I was in the legionnaire camp. Even if I gave my bones & flesh, I could not be the French legionnaire. I lost my mind for couple of days & I came up with the idea of requesting for second chance. So, I am wholeheartedly requesting for the second chance. I’ll improve everything & reshaping myself I’ll come to be the legionnaire again. That’s my promise. Please, do consider to pursue my dream to be the French foreign legionnaire.  Tha...