मेरो नजरमा मेरो वावा संसारकै सर्वोत्कृष्ट ह्युमन विईङ एक अनसङ्ग सुपर हिरो आदर्शको साच्चिकै मास्टरपिस जोवाट मैले मान्छे सफल भन्दा वढि असल हुनुपर्छ भन्ने कुरा सिकेको छु। जिवन ईङ्लिसमा भनिएझै साच्चिकै अनफेयरनै हुने रहेछ मेरो वावाको जिवनलाई नियाल्दा पनि ठ्याक्कै त्यस्तै महसुस हुन्छ ३६० डिग्रीमा फनफनी घुमेझै लाग्छ जस्को जिवनमा आकाशै खसेर पनि एक्लै उठेर हिड्ने हिम्मत राखे आफ्नो सन्तानको खातिर संघर्षको हरेक सगरमाथा चढे त्यसैले, मेरो वावा फाईटर हो फाईटर। मेरो वावा एक साधरण मान्छे तर आफैमा विराट असाधरण मान्छे जस्ले आफू भोकै बसेरै भएपननि सन्तानको रहरहरु पूरा गर्दा अघाए मलाई माफ गरिदिनुस् वावा त्यस्तो महान मान्छेलाई मैले डिसरेष्पेक्ट गरेको छु किनभने, हजुरकै अगाडि मन्दिर गएँ अदृश्य भगवानलाई पूजा गरें तर आजकाल मेरो घैटोमा घाम लागेको छ हजुरलाई सम्झेर पूजा गर्छु किनभने, भगवान् भनेकै हजुर हुनुहुँदो रहेछ। वावा भनेकै सन्तानको लागि ठुलो आँट र भरोसा रहेछ नदेखाईकन धेरै माया गर्ने त्याग र वलिदानको अर्को नाम जुन मेरो वावावाट थाहा पाएँ त्यसैले, मेरो वावा सव...
Informative & reliable