Skip to main content

Posts

Showing posts from January, 2024

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  Thank you ALL!