Skip to main content

Posts

Showing posts from April, 2023

त्यहि हो मेरो प्यारो जन्मघर पाँचथर

पाँचवटा अको उपमा पाएर पूर्वमा हाँसिरहेको छ जहाँ जता हेर्यो त्यतै लाग्छ अति सुन्दर  जस्लाई प्रकृतिले दिएको छ, अनुपम उपहार त्यहि हो मेरो प्यारो जन्मघर पाँचथर।  कुम्मायक र कुस्सायकसँगै पुलकित बनिरहेछ, यासोक बजार  यसै ठाउँमा ऐतिहासिक  त्रिशाली मेला पनि लाग्ने उता रबि बजार हेर्यो, झनै मनमोहक  त्यहाँको हावपानी र हरियाली चिया बगानको साखले।  गोपेटार बजार हेर्यो, सँधै जाउँ जाउँ लाग्ने  छेवैको जोरपोखरीले श्रृंगारेझै भान हुनाले घुर्बिसे पञ्चमी र राँके बजार यसै चर्चित त्यहाँ पाईने अकबारे खुर्सानी र छुर्पीको बयानले।  पौवा भञ्याङ्ग हेर्दा, साच्चिकै स्वर्गझै लाग्ने  यता मन्त्रमुग्ध पार्ने पोखरी लिएर स्वगत गर्न पर्खिरहेछ साधुटार सारा पाँचथरको बिचमा, मुटु बनेर धड्किरहेछ  लालिखर्कको शिरानी हालेर, हाम्रो फिदिम बजार।  सफल चाम्लिङ्ग

Thought Of The Day

 Every successful person has a painful story. Every painful story has a successful ending. Accept the pain & get ready for success.