Skip to main content

Posts

Showing posts from January, 2023

Some Books Regarding Kirat History & Civilization

किरात ईतिहास र सभ्यताको बारेमा लेखिएका पुस्तकहरु:   

म एकदिन WINNER बनेरनै छाड्ने छु

म अहिलेको लागि एउटा LOOSER हुँ म आफ्नै रहरले बिदेशीएको छु किनभने, WINNERS ले देशमै केहि गर्छन् र एउटा प्रतिष्ठित मान्छे बन्छन्।  म पहिले असाध्यै राम्रो बिध्यार्थी दोस्रो हुन मेरो ब्रह्मले कहिल्यै मानेन त्यसैले, म मेसीको फ्यान भएपनि रोनाल्डोको Winning Attitude र Dedications को ठुलो प्रशंसक हुँ।  हिजो सबैले पढेरनै यस्ले केहि गर्छ भन्थे आज म मेरो देशमा रात पर्दा दिन हुने पराई मुलुकमा एउटा शुशी रेष्टुरेण्टको सेफ बनेको छु मसँग पर्सनल टाईम पनि थोरै हुन्छ यधपी, पढ्ने चाहानालाई बुकहरु पढेर पूरा गर्छु। मलाई मृत्युले धेरैचोटि नजिकबाट साउती मारेको छ परिस्थितिले पनि मृत्युलाई रोज भनेर  नजिक आएर पटक पटक कानेखुशी गरेको छ तर मैले त्यो बेलामा मेरो आपा आमालाई सम्झे उहाँहरुले ममाथि देख्नुभएको सपनाहरुलाई नियाले अनि मैले उहाँहरुको आत्माको शान्तिको लागि भएपनि केहि गर्नैपर्छ भनेर आफैले आफैलाई मनलाई सम्झाए। सफलताको बाटोहरु फरक फरक हुँदो रहेछ अरुले घोडा चढ्यो भनेर, आफू घरको धुरी चढ्न नमिल्ने म आफ्नो संकल्पबाट कतिपनि विचलित भएको छैन मलाई थाहा छ मेरो सम्भाबनाहरु मैले कहिल्यै धैर्यता गुमाएको छैन राम्रो कामको लाग