Skip to main content

Posts

Showing posts from February, 2021

गोल्ड डिगर रहेछौ

तिम्रो ललिपपमा पुलकित भएर मैले नैसर्गिक अधिकारको प्रयोग त गरे तर तिमि त गोल्ड डिगर रहेछौ। खै फेरि चुनाब गर्छु त भन्छौ तिम्रो कुण्ठाको निमित्त म फेरि कति पटक सहिद बनुँ बरु म आत्महत्या गर्न तयार तर जानिजानि भीरमा जाने गोरुलाई म काध थाप्न सक्दिन। लिलिपुटको दरबारमा बसेर तिम्रो यो नारायणहिटिय ठाट खै कति पनि सुहाए जस्तो लागेन बरु रोम शहर जलिरहदा नेरोले बासुरी फुकेझै मात्र लाग्यो। कासी त कुतिबाट जानुपर्ने हो स्टाईलिनको मार्गबाट कहाँ पुगिने हो पश्चगामी चिन्तनको बयालगाढा चढेर समाजबादको फल कहिले चाखिने हो।