Skip to main content

Posts

Showing posts from January, 2021

Age Is Just A Number

  मेहनत यस्तो गरौकी भाग्य पनि साथ दिन बाध्य बनोस। विश्वकै सबैभन्दा बुढो फुटबल प्लेयर जो अझै खेलिरहेका छन्।५३ बर्षे काजुयोसी मियुरालाई जापानिज फुटबल क्लव योकोहामा एफ सिले उनलाई थप १ बर्षको लागि कन्ट्र्याक्टमा साईन गराएको छ। त्यसैले एज ईज जस्ट अ नम्बर। कर्म गर्दै जानुहोस। तपाईलाई उमेरले होईन, तपाईको कर्मले दुनियालाई आकर्षित गर्नेछ।

Am Who I am - Poem

  Smile in the front, bad mouth at the back Just hate those hypocrites with the character No matter I lose pursuing my personality ethic  In the long run, wanna be the conqueror.  The landslide occurs or the Strom hits  Nothing can swap  my proactive nature Counting on my long-sighted two eyes Don't allow anyone to be my umpire. Believing in myself, I put my every step Know, landing place can be very far away Ignoring those gimmicks, I never give up Rather I am ready to die, I get it anyway. 

चीनका राष्ट्रपति सी जीनपीङले आफ्नो बुबाबाट पाएको महत्वपूर्ण शिक्षा

म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।   जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।  मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउन