Skip to main content

Posts

Showing posts from December, 2014

A Heart Breaking Letter to The Law Minister

' मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’ माननीय कानुनमन्त्री, नरहरि आचार्यज्यू, नमस्कार । म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु । मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो । मेरो भाग्य नै भन्नुपर्‍यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन । 'छोरी होस् त फलानोजस्ती' भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो । अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो । घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि पढ्न अर्को विद्यालय जान